मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

images
  • 344
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह । देवदह-७ शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार विद्यालयमा  कार्यरत इन्ट्रयाक्ट क्लव अफ सगरमाथाको आयोजनामा कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको विचमा हाजिरी जवाफ प्रतियोगिताको सम्पन्न विद्यालयले जनाएको छ । 

     

    images
    images
    images

    319219178_2480800238734774_2711351639928546508_n.jpg

     

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य  कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुको आफ्नै परिकल्पना र सहकार्यमा सम्पन्न गरिने यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको सामाजिक जिम्मेवारी र वौद्धिक क्षमता अभिवृद्धि गर्ने बताए ।   कार्यक्रमलाई बोल्दै रोटरी क्लव अफ देवदहका प्रेसिडेन्ट सचिन पंगेनीले विद्यार्थीहरुको सक्रियताको प्रशंसा गरे । आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने भनाई राखे । 

     

    319044454_6217271434971084_7966161200849799357_n.jpg

     

    प्रतियोगितामा मकालु समुहका विद्यार्थीहरु आशिष अर्याल, आस्था ढकाल, पूजा पौडेल प्रथम, अन्नपूर्ण समुहका विद्यार्थीहरु उदिप पान्डे, नेत्र भुसाल, सन्देश भटराई द्धितीय र चोयु समूहका विद्यार्थीहरु किस्मन सुनार, कविन आले, क्षितिज भट्टराईले तृतीय स्थान हासिल गरेका छन् । कार्यक्रम इन्टरयाक्ट क्लव अफ सगरमाथाकी सचिव शिक्षा पौडेलको अध्यक्षतामा सम्पन्न  भएको थियो। 

    प्रतियोगितामा विद्यालयका सह–प्राचार्य प्रदिप अधिकारीको स्वागत, क्लव सर्भिस प्रोजेक्ट म्यानेजर नेत्र भुसालको सञ्चालन रहेको थियो । कार्यक्रममा इन्ट्रयाक्ट क्लवका प्रेसिडेन्ट अंकुर पोखरेलले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij