मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अनुराग साहित्य समाज देवदहको अध्यक्षमा यमलाल अर्याल

अनुराग साहित्य समाज देवदहको अध्यक्षमा यमलाल अर्याल

images
  • 248
    SHARES

  • images
    images
    images
    अनुराग साहित्य समाज देवदहको अध्यक्षमा यमलाल अर्याल
    images
    images
    images

    देवदह । अनुराग साहित्य समाज नेपाल देवदहको तेस्रो अधिवेशनले यमलाल अर्यालको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    जसको बरिष्ठ उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, सचिवमा शिवप्रसाद  काफ्ले, कोषाध्यक्षमा अनन्तराम भण्डारी, सहसचिवमा राजकिरण अर्याल रहनु भएको छ ।त्यस्तै सदस्यहरुमा गोमा बस्याल, जानुका लम्साल, रिता पराजुली, मधु भण्डारी, भगवती शर्मा लम्साल, राहुलदेव सापकोटा, दल वहादुर वि.क. 'दिप मिलन'र पुजा ढुङ्गाना रहनु भएको छ । 

    images
    images
    images

    सोहि कार्यक्रममा देवदहका कवि महेश्वर शर्माको कविता संग्रह संवेदनाको आकार कृतिको लोकार्पण गरिएको छ । 
    शर्माद्धारा प्रकाशित संवेदनाको आकार कृति बरिष्ठ साहित्यकार डा. नवराज लम्सालले लोकापर्ण गर्नु भएको हो । महेश्वर शर्माले विभिन्न कविता संग्रह गरी संवेदनाको आकार प्रकाशन गर्नु भएको हो । 

    अनुराग साहित्य समाज नेपाल देवदहका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार डा. नवराज लम्साल, अर्का बरिष्ठ साहित्यकार डा. धनश्याम परिश्रमी, साहित्यकार यज्ञप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा कविता संग्रह संवेदनाको आकारका लेखक साहित्यकार महेश्वर शर्माले कृतिको वारेमा जानकारी दिनु भएको थियो । 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij