बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अनिल मगरको पहलमा पाल्पाका विश्वकर्मा बाजेलाई घर हस्तान्तरण

अनिल मगरको पहलमा पाल्पाका विश्वकर्मा बाजेलाई घर हस्तान्तरण

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    अनिल मगरको पहलमा पाल्पाका विश्वकर्मा बाजेलाई घर हस्तान्तरण
    images
    images
    images

    पाल्पा । मगर संसार ग्रुप/पेज का अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा निर्माण गरिएको घर पाल्पा जिल्ला रम्भा २ फोक्सिङ्कोट निवासी वृद्द दिल्ली सिं विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । 

    मगर संसार द्वारा रु.१,८३,५६२/- संकलन गरेर मगर संसारका सदस्य रूमी सारू मगरको संयोजकमा घर निर्माण गरी बनेको घर,खाद्यान्न, जिन्सी र नगद रु.३१,२२७/- रुपैंया देवदहका समाजसेवी तारा ब.थापा मगर ,मिलन मास्की राना मगर(मगर संघ देवदह नगर समिति कोषाध्यक्ष) ,रम्भा २ का प्रतिनिधि योगेश मगर र स्थानीय बुद्धिजीवी को उपस्थितिमा २०७९ पूस १६ गते एक कार्यक्रम बीच बाजेलाई हस्तांतरण गरिएको हो ।

    images
    images
    images

    केही महिना अघि खैरेनी निवासी रूमी सारू मगरले विश्वकर्मा बाजेको समस्या बारे अध्यक्ष अभियन्ता अनिल लामिछाने मगरलाई जानकारी गराएको थियो। सोहि अनुरुप सामाजिक सञ्जाल मार्फत संकलन गरेको सहयोग रकमलेविश्कर्मा बाजेको लागि ओट लाग्ने घर,लत्ताकपडा ,बिस्तारा, चामल,डाल,नून, तेल,चीनी,लगायत आवश्यक समान हरु ,भाडांहरु र बचेको रकम रु.३१,२२७ रुपैंया बाजेको बचत खातामा जम्मा गरिएको घर निर्माण संयोजक रूमी सारू मगर ले जानकारी दिनुभयो।

    सहयोग अभियन्ता अनिल लामिछाने मगर हाल कोरिया हुनुहुन्छ । उहाँको सक्रियतामा मगर संसार बाट २ घर हस्तांतरण सँगै १३७ औं सहयोग सम्पन्न गरेको मगर संसारले जानकारी दिएको छ  ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij