मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा रोजगार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम

देवदहमा रोजगार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम

images
  • 539
    SHARES

  • images
    images
    images
    देवदहमा रोजगार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा रोजगार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    देवदह नगरपालिकाको आयोजना र जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडको सहकार्यमा रोजगार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

    images
    images
    images

    देवदह नगरपालिकामा रहेका १८ बर्ष देखि ३५ बर्ष सम्मका देवदह नगरपालिकामा सुचिकृत बृराेजगार लगायत अन्य बेराेगार व्यक्तिहरुलाई देवदह नगरपालिकाकाे समन्वयमा जगदम्बा मिलमा रोजगारी उपलव्ध गराउने योजना सहित अभिमुखिकरणको आयोजान गरिएको हो।

     

    May be an image of 5 people, people sitting, people standing, footwear and indoor

     

    सोही अभिमुखिकरण कार्यक्रममा सहभागी काम गर्न ईच्छुक व्यक्तिहरुले कम्पनिका प्रतिनिधिहरुसंग नाम संकलन समेत गरिएको छ।

    जगदम्बा स्पिनिङ्ग मिल्स लि. का निर्देशक चिरञ्जिवी रायमाझीको अध्यक्षता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नगर प्रबक्ता तथा देवदह ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा, वडा नम्बर ८ का वडा अध्यक्ष हरि पाण्डे देवदह नगरपालिकाका रोजगार संयोजक दिनेश लम्साल लगायतको सहभागिता रहेको थियो। 

     

    No description available.

     

    प्रत्येक आर्थिक बर्षका लागि फागुन महिनामा आ-आफ्नाे वडा कार्यालय मार्फत बेराेजगार सुचिकरण गर्ने प्रावधान अनुरुप आ.ब. २०७९/०८० मा १६३ जना बेरोजगार सुचिकृत हुनुभएकाे देवदह नगरपालिका रोजगार संयोजक दिनेश लम्सालले बताउनुभएको छ।

    अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण जगदम्वा स्पिनिङ्ग मिल लिमिटेडका मानव संसाधन अधिकृत हुमनारायण भट्टराईले दिनुभएको थियो।

    अभिमुखिकरण कार्यक्रममा स्वागत तथा कार्यक्रमकाे बारेमा जानकारी सौरभ ग्रुप लक्ष्मि स्टिलका जनरल म्यानेजर दामाेदर पौडेलले दिनुभएको थियो। सौरभ ग्रुपका सिनियर म्यानेजर तुलसीराम रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij