देवदह । रुपन्देहीको देवदहमा ८ मा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदहको विशालनगरमा एक कार्यक्रमका संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला सहकारीका अध्यक्ष भिम तुलाचनले गोधुली साकोेसको कार्यालयको उद्घाटन गर्दै लेखापरिक्षण र लेखा मजबुद भए सहकारी व्यवस्थापन हुन्छ भन्नुे कुरामा जोड दिनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका तुलाचनले सहकारीले धेरै व्याज पाउने आसामा जता पायो त्यता पैसा जम्मा गर्ने काम सहकारीहरुले नगर्न नगराउन र यसरी जम्मा गर्दा सहकारी नै धरासयमा पर्ने हुदा यस्तो काममा सचेत रहन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी सदस्य तथा पल्लवी साकोसका अध्यक्ष प्रमोद खनाल, तेज बहादुर क्षेत्री कुँवर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष रमेश चन्द्र गैरेको अध्यक्षता तथा सचिव वाल्मीकी पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij