बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमोस्ट्रेसन उडान सफल

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमोस्ट्रेसन उडान सफल

images
  • 320
    SHARES

  • images
    images
    images
    गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमोस्ट्रेसन उडान सफल
    images
    images
    images

    गुल्मी ।  गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ ।

    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो  । यसअघि पनि २५ जेठ २०७५ मा तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो । तारा एयरले रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा  प्रमाणीकरण (प्रुभिङ) उडान सम्पन गरेको हो । 

    images
    images
    images

    जहाजमा तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जिव श्रेष्ठले उडान भरेका थिए । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसहित तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू रहेका थिए । 

    उडानबाट आएका सबैलाई रेसुङा नगरपालिकाका मेयर लगायतका पदाधिकारीहरुले फुलको मालासहित स्वागत गरेका थिए ।  प्रवक्ता बर्तौलाकाअनुसार आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिनेछ । नियमित उडानका लागि कम्तिमा २ देखि ३ साता लाग्नेछ । तारा एयरले सुरुमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको छ ।गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij