बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्याब्सन रुपन्देहीको ३२ औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा राहत वितरण

प्याब्सन रुपन्देहीको ३२ औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा राहत वितरण

images
  • 205
    SHARES

  • images
    images
    images
    प्याब्सन रुपन्देहीको ३२ औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा राहत वितरण
    images
    images
    images

    ओमसतिया । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा ओमसतिया ४ बालापुर स्थित श्री सत्य साई बृद्धा सेवा आश्रममा खाद्यान्न तथा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले प्याब्सनले शिक्षा प्रदान गर्ने पवित्र कार्यको अलवा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय सेवाका कामहरु गर्दै आएको बताउनुभयो । वहाँले भूकम्प, बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिको बेलामा मात्र नभएर कोरोना महामारीको बेलामा पनि प्याब्सनले देशैभरि विभिन्न कार्यहरु गर्दै देश र जनताको रक्षा गर्ने कार्य गरेको स्मरण गराउनुभयो । 

    images
    images
    images

    प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षता, सचिव दिपक खनालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, सल्लाहकारहरु , विभिन्न पालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij