महायज्ञ माघ १ गते देखि ७ गते सम्म संचालन हुनेछ ।
देवदह ।रुपन्देहीको देवदह -९ घोडाहामा हुने महायज्ञको तयारी तिब्र पारिएको छ । देवदह -९ घोडाहा स्थित कोटियादेवी मन्दिरमा यहि माघ १ गते देखि ७ गते सम्म संचालन हुने श्रीमद्भागवत तथा धनधान्याचल महायज्ञको तयारी तिब्र पारिएको हो ।
महायज्ञ सफल बनाउनका लागी बिभिन्न उपसमिती गठन, बिभिन्न क्षेत्रको सरोकारवाला संग भेटघाट तथा अन्तरक्रिया, प्रचार-प्रसार तथा भौतिक संरचना निर्माण तिब्र पारिएको महायज्ञ मूल आयोजक समितिका संयोजक मोहन जिसीले जानकारी दिनुभयो ।
महायज्ञ संचालनका लागि कोटियादेवी मन्दिर परिसरमा मण्डप निर्माण, मन्दिर परिषद शृंगार, मंच व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणको काम भैरहेको संयोजक जिसीले बताउनुभयो ।
पुष ३० गते बिहान १० बजे कलस यात्रा सुरु हुने र माघ १ गते १००८ स्वामी विबेकानन्द सरस्वती महाराजले महायज्ञ तथा धार्मिक महोत्सवको उदघाट्न गर्ने कार्यक्रम रहेको छ ।
आश्रम निर्माण तथा मन्दिरलाई थप व्यवस्थित बनाउनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञ सम्बन्धि विस्तृत जानकारी पुष २९ गते पत्रकार सम्मेलन गरेर जानकारी गराइने महायज्ञ मूल आयोजक समितिको सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij