मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह नगर अस्पतालमा रेबिज विरुद्धको खोप सेवा सुभारम्भ

देवदह नगर अस्पतालमा रेबिज विरुद्धको खोप सेवा सुभारम्भ

images
  • 246
    SHARES

  • images
    images
    images
    देवदह नगर अस्पतालमा रेबिज विरुद्धको खोप सेवा सुभारम्भ
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगर अस्पतालमा एन्टी रेविज भ्याक्सिन सेवा सुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बीच सेवा सुभारम्भ गरिएको हो । यस संगै विगतका दिनमा रेबिजको भ्याक्सिन लगाउन बुटवल तथा देवदह बाहिर जानु पर्ने वाध्यताको अन्त्य भएको छ । 

     

    images
    images
    images

     

    एन्टी रेविज भ्याक्सिन सेवाको एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख धुब्र प्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो । एन्टी रेविज भ्याक्सिन सेवा रुपन्देही जिल्लामा पहिलो पटक नगर स्तरमा सेवा प्रारम्भ भएको हो । 

    एन्टि रेबिज भ्याक्सिन सेवा शुभाराम्भ तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै  देवदह नगरपालिकाका नगर प्रमुख एवम देवदह नगर अस्पतालका अध्यक्ष धुब्र प्रसाद खरेलले देवदह नगर अस्पताल संचालन  गरेपछि पहिको पटक यो सेवा सुरु गर्न सफल भएकोमा खुसी  व्यक्त गर्नुभयो । रेबिज खतरनाक रोग भएको हुँदा स्थानीय मानिसहरु उपचारको क्रममा बुटवल र परासी जानुपर्ने अवस्थाको अब अन्त्य भएको उल्लेख गर्दै प्रमुख खरेलले अबको १ महिनाभित्र नगर अस्पतालबाट स्वास्थ बिमा सुरु गर्ने जानकारी समेत दिनुभयो  । 

    सोही अवसरमा बोल्दै उपप्रमुख गुरुङले एन्टी रेविज भ्याक्सिन सेवा सुभारम्भ भएसंगै भुस्याहा कुकुर र जंगली जनावरले टोकेमा स्वास्थ्य सेवा लिन सहज हुने बताउनु भयो । उहाँले देवदह नगरपालिकाले भुस्याहा कुकुरको बन्ध्याकरण अभियान सम्पन्न गरिसकेको बताउँदै एन्टी रोगबारे सचेतना जगाउन आवश्यक रहेको औल्याउनु भयो । पहिलो दिनमै २ जना बिरामीलाई भ्याक्सिन लगाएर सेवा दिन  पाउँदा निकै खुशी लागेको समेत उपप्रमुख गुरुङले बताउनुभयो । 

    कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले देवदहमा उक्त सेवा ल्याउदा निकै खुशी लागेको बताउंदै अब यहाँका स्थानीयहरू रेबिजको खोप लगाउन देवदह बाहिर जानु नपर्ने बताउनुभयो ।

    कुकर तथा जंगली जनावरले टोकेकाहरुलाई एन्टी रेविज भ्याक्सिन लगाउने नगर अस्पतालका डा. रोशन चौधरीले जानकारी दिनु भयो । एन्टी रेविज भ्याक्सिन सेवा शुभारम्भसंगै स्थानीय नागरिक, नवलपरासीको सुनवल र पाल्पाको माथागढ़ीका नागरिकलाई सहज हुने नगरपालिकाले जनाएको छ । 

    नगर प्रमुख खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका डा. प्रकाश भट्टराई र लितक भूषालले रेविजबारे जानकारी दिनु भएको थियो । रेविजबारे आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयमसेवीकाहरुको सहभागिता रहेको थियो । दिलेश्वर श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij