मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माघे सक्रान्तिको महत्व

माघे सक्रान्तिको महत्व

images
  • 233
    SHARES

  • images
    images
    images
    माघे सक्रान्तिको महत्व
    images
    images
    images

    लुम्बिनी पाना । धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्वपूर्ण पर्व हो माघे संक्रान्ति । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ ।

    यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या खपनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर र थारू लगायतका सबै जनजातीले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

    images
    images
    images

    विशेषता
    माघे संक्रान्तिको मुख्य विशेषता हो स्नान । यस दिन बिहानै उठेर पबित्र जलाशय गएर स्नान गर्ने चलन छ । स्नान गर्नका निमित्त सम्भव भए गङ्गा नत्र तिर्थ,नदि वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ ।

    यो पर्व नेपाल भरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, राम्धी, तिलोत्तमा तथा सेतीवेणी लगायतका नदी र घाटमा स्नान, दान,श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । स्नानसंगै दानको पनि उत्तिकै महत्त्व छ यो पर्वमा । जस्तै भनिएको पनि छ : ‘माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुंकत्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।’

    मकर संक्रान्ति का दिन घीउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा पनि पुष्टि गर्न सकिन्छ । यो शास्त्रीय मान्यता हो ।

    अझ यो पर्वमा तिलको विशेष महत्व रहेको छ । जसले यो समयमा ६ प्रकार बाट तिलको उपयोग गर्छ, त्यो ब्यक्ति कहिल्यै असफल हुदैन भन्ने शास्त्रीय मान्यता छ ।

    जस्तै : तिलले स्नान गर्नु,तिल हवन गर्नु,तिलको तेल घस्नु,पितृलाई तिल युक्त जल अर्पण गर्नु,तिल दान गर्नु र तिलयुक्त्त परिकार खुवाउनु खानु रहेको छ । माघे संक्रान्ति बाट जाडो बाहुल्यता बिस्तारै घट्दै जाने गर्मी को ताप बढ्दै जान्छ ।

    प्राकृतिक रूपले मात्र नभएर धार्मिक दृष्टिकोण पनिबाट महत्वपूर्ण दिन हो यो । यस दिन सूर्य दक्षिणायणबाट उत्तरायण हुने हुदा दिनहरू लामा र रात हरू बिस्तारै छोटिदै जान्छन् । उत्तरायण सुरु भएपछि विभिन्न धार्मिक कार्य सुरु हुन्छन् ।

    विवाह, ब्रतबन्ध,वास्तु, व्रतप्रारम्भ ,र व्रतउद्यापन लगायत ठूलाठूला यज्ञयज्ञादि पनि यति बेला नै सम्पन्न हुन्छन् । सूर्य उत्तरायण भएको बेला हुने मानिसको मृत्युलाई समेत उत्तम मानिन्छ । त्यसैले नै होला मृत्यु शैयामा रहेको अवस्थामा पनि भीष्मले आफ्नो मृत्युका लागि सूर्य उत्तरायण हुने समय पर्खिएको कुरा महाभारतमा समेत उल्लेख छ ।

    महत्व
    हिजोआज पनि माघे सक्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । खिचडी लगायत तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाद्य सामाग्रीहरू को प्रयोग गरिनु स्वास्थ्यको हिसावले पनि लाभदायक देखिन्छ ।

    शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घीउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नियन्त्रणमा पनि भूमिका खेल्छ ।

    जाडोयाममा तिलको तेल घस्नाले, तिलयुक्त परिकार खानाले पौष्टिक तत्वको वृद्धि हुन्छ भन्ने वैज्ञानिक मान्यता छ ।

    तसर्थ यस्ता पर्वले धार्मिक सास्कृतिक सद्भाव बढाउने, सामाजिक रीतिरिवाजको जगेर्ना गर्ने लगायत आपसी भाइचारा कायम राख्न पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij