मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्याब्सन देवदहले माघ ३ गते देखि खेल महोत्सव गर्ने

प्याब्सन देवदहले माघ ३ गते देखि खेल महोत्सव गर्ने

images
  • 227
    SHARES

  • images
    images
    images
    प्याब्सन देवदहले माघ ३ गते देखि खेल महोत्सव गर्ने
    images
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) देवदहले खेल महोत्सवको आयोजना गर्ने भएको छ।आयोजकले आज पत्रकार सम्मेलन आयोजना गरी यही माघ ३ गतेदेखि ६ गतेसम्म देवदह ५ स्थित पानबारी खेल मैदानमा खेल आयोजना गर्न लागिएको जानकारी दिएको हो।

     

    images
    images
    images

     

    “खलकुदले बढाउँछ हाम्रो सान, स्वस्थ नागरिक देवदहको अभियान” भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउनको लागि अभिप्रेरित गर्ने हेतुले खेल महोत्सव आयोजना गर्न लागिएको खेल संयोजक बोधराज गौडेलले बताए। प्रतियोगितामा प्याब्सन देवदहमा आबद्ध ११ विद्यालय मध्य ९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने खेल संयोजक बोधराज गौडेलले बताए। माघ ३ देखि ६ गते सम्म सञ्चालन हुने खेलमा ७०० जना बिद्यार्थी खेलाडीहरुले भाग लिने गौडेलको भनाई छ।

    महोत्सवमा ३ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समितिले जनाएको छ। सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र-छात्रालाई दौड, रिले दौड, छेलो, ज्याब्लिङ थ्रो, भलिवल लगायत फरक–फरक खेलहरु खेलाइने छ। सब जुनियर तर्फ कक्षा १ देखि ४ सम्मका, जुनियरतर्फ कक्षा ५ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् भने सिनियरतर्फ ८ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन्।

    कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij