मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको घोडाहामा संचालित महायज्ञमा दान दिनेको घुईचो

देवदहको घोडाहामा संचालित महायज्ञमा दान दिनेको घुईचो

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    देवदहको घोडाहामा संचालित महायज्ञमा दान दिनेको घुईचो
    images
    images
    images
     

     

    देवदह । रुपन्देहीको देवदह – ९  घोडाहामा सुरु भएको श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा श्रद्धालु भक्तजनको उपस्थिती दिनप्रतिदिन बढ्दै गएको छ । कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्ने एवं देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले संचालन भएको महायज्ञमा दर्शन गर्न र दान गर्न पुग्ने भक्तजनको उपस्थिती बढेको हो ।

    images
    images
    images

     

    May be an image of 1 person and standing

     

    कोटिया देवी मन्दिर संरक्षण समिति बुद्दनगरको आयोजनामा पौष १ गते विशाल कलश यात्रा संगै  सुरु भएको महायज्ञमा तिन दिनमा १९ लाख भन्दाबढी नगद संकलन भएको छ । श्रद्धालु भक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको यज्ञ सम्पादन मुल समितिका संयोजक मोहन जिसीले बताउनुभयो ।

    महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । ७ दिनसम्म संचालन हुने महायज्ञमा प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपाने र आचार्य ओम प्रकाश सुवेदीको मुखार विन्दबाट कथा प्रवचन भैरहेको छ ।त्यस्तै झाकी तथा बिभिन्न धार्मिक कार्यहरु समेत  भैरहेको छ । 

     

    May be an image of one or more people and people sitting

    महायज्ञ सुरु भए देखि प्रत्येक दिन मण्डपपुजा, पाठ परायण, १ हजार ८ शालिग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाँकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म भजन किर्तन भैरहेको छ। साथै ’भक्तजन’को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत भैरहेको संयोजक जिसीले बताउनुभयो ।

    दाताहरूलाई बाजागाजा र खादा माला सहित सम्मान गरिएको जिसीले बताउनुभयो ।

     

    May be an image of 1 person and standing

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij