सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह महोत्सव तयारी: शैक्षिक संघ/संगठनका प्रतिनिधीसंग छलफल सम्पन्न

देवदह महोत्सव तयारी: शैक्षिक संघ/संगठनका प्रतिनिधीसंग छलफल सम्पन्न

images
  • 200
    SHARES

  • images
    images
    images
    देवदह महोत्सव तयारी: शैक्षिक संघ/संगठनका प्रतिनिधीसंग छलफल सम्पन्न
    images
    images
    images

    देवदह । सातौं देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को तयारी तीब्र गतिमा अघि बढेको छ । मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारी र सुझाव संकलन गर्ने क्रममा आइतबार देवदहमा क्रियाशील शैक्षिक संघ/संगठनका प्रतिनिधीसंग छलफल सम्पन्न गरेको छ ।

    महोत्सवलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ र मेलाले लिएका लक्ष हासिल गर्न कसरि अगाडी बढ्ने भन्ने सन्दर्भमा आयोजित छलफलमा मेला मुल आयोजक समितिका संयोजक मेघराज ढकालले उपस्थित शैक्षिक संघ/संगठनका प्रमुख/प्रतिनिधीसमक्ष योजना प्रस्तुत गरेका थिए। सो क्रममा देवदहको पर्यटन प्रबर्धन र कृषि एवं व्यवसायिक विकासको लागि मेलाले योगदान पुर्याउने उल्लेख गर्दै संयोजक ढकालले सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा जोड दिए। 

    images
    images
    images

    महोत्सवका शिक्षा उपसमिति संयोजक सिबि थापाको सहजीकरणमा सम्पन्न छलफलमा नेपाल शिक्षक महासंघका देवदह नगर अध्यक्ष निर्मल ढुंगाना, प्याव्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ, नेपाल शिक्षक संघका नगर अध्यक्ष उमाकान्त अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष यज्ञ न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष सिवि थापा, विद्यालय कर्मचारी परिषदका नगर अध्यक्ष श्याम थापा लगायतले महोत्सवमा शिक्षा सम्बद्ध संघ/संस्थाहरूले सहयोग गर्ने प्रतिवद्दता सहित आवश्यक सुझाव दिएका थिए।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, माघ ८ २०७९०९:०९:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij