बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकाले थाल्यो सार्वजनिक जग्गा संरक्षण अभियान

देवदह नगरपालिकाले थाल्यो सार्वजनिक जग्गा संरक्षण अभियान

देवदह–५, शान्ति पार्कको करिव १० कठ्ठा जग्गा सहमतिको आधारमा फिर्ता

images
  • 358
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाले थाल्यो सार्वजनिक जग्गा संरक्षण अभियान
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको अभियानलाई तिव्रता दिएको छ। नगर भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण रोक्ने गरी अभियानलाई तिव्रता दिएको नगर प्रवक्ता तथा देवदह–५, वडाअध्यक्ष गणेश डुम्रेले जानकारी दिनु भयो। सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत  देवदह नगरपालिका–५, शान्ति पार्कको अतिक्रमित जग्गा सहमतिको आधारमा फिर्ता गरिएको छ।

    देवदह–५, शान्ति पार्कको करिव १० कठ्ठा जग्गा सहमतिको आधारमा फिर्ता गरिएको वडाअध्यक्ष तथा नगर प्रवक्ता डुम्रेले जानकारी दिनु भयो। देवदह नगरपालिका प्रमुख ध्रुब प्रसाद खरेल, नगर प्रवक्ता गणेश डुम्रे, वडा स्तरीय भुमी सहजीकरण समितिका डिल्ली राम सापकोटा , दुर्गा प्रसाद बस्याल, कृष्ण हरि सापकोटा , कोलिय सान्तीपार्क अध्यक्ष बिमला देबि दर्लामी , टोल बिकास संस्थाका अध्यक्षहरु बलराम शर्मा, शिव केसि , कोलिय शान्ती टोल बिकास सचिव सुजन थापामगर, पत्रकार गोबिन्द घर्तीमगर र स्थानीय बासिन्दाहरु लाल बहादुर दर्लामी, गुरुदत्त न्यौपाने , चक्रपानी न्यौपाने , भस्कर श्रेष्ठ लगायतको भेलाबाट उक्त सहमति भएको हो। उक्त जग्गा कोलिय शान्तिपार्कको मातहत रहने छ। यो संगै सार्वजनिक जग्गा संरक्षण अभियान सुरुवात भएको छ।

    images
    images
    images

    लुम्विनी प्रदेश सरकारबाट शान्ति पार्क संरक्षणको लागि आएको रकम कार्यान्वयन गर्ने क्रममा अतिक्रमण गरिएको सार्वजनिक जग्गा पार्क भित्र राख्ने गरी सहमतिको आधारमा फिर्ता गरिएको हो। विगत लामो समय देखि शान्ति पार्कको सार्वजनिक जग्गा अतिक्रम भएको थियो। देवदह नगरपालिकाले शान्ति पार्क देखि उत्तरबाट रिङ्गरोडको अवधारण अगाडि सार्दै बाटो निर्माणको काम शुरु गरेपनि पछिल्लो समय काम रोकिएपछि स्थानीयवासीले बाटोको जग्गा अतिक्रमण गरी खेती गर्दै आएका थिए।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij