मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह महोत्सव आयोजक समितिद्वारा महिला र स्वयंसेविकासंग छलफल

देवदह महोत्सव आयोजक समितिद्वारा महिला र स्वयंसेविकासंग छलफल

images
  • 343
    SHARES

  • images
    images
    images
    देवदह महोत्सव आयोजक समितिद्वारा महिला र स्वयंसेविकासंग छलफल
    images
    images
    images

    देवदह । सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ मूल आयोजक समितिले देवदहमा क्रियाशील महिला संघ/संगठन, आमा समूह र स्वयमसेविकासंग छलफल गरेको छ। मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे जानकारी दिनुका साथै आवश्यक सुझाव संकलन गर्ने क्रममा शुक्रबार मेलास्थल देवदह मण्डपमा छलफल सम्पन्न गरेको हो ।

    दुईवटै उपसमितिको छलफलमा बोल्दै मूल आयोजक समितिका संयोजक मेघराज ढकालले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सबै तह र तप्कामा क्रियाशील संघसंस्था र समूहको सहयोग आवश्यक रहेको उल्लेख गर्दै  महोत्सवले लिएका लक्ष हासिल गर्न सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा बताएका थिए । 

    images
    images
    images

    छलफलमा बोल्दै महिला नेतृहरू सरस्वती पोखरेल, मिना श्रेष्ठ, गीता न्यौपाने, रिता बस्याल, निर्मला जिसी, रेनुका परियार लगायतले महोत्सव सफलताको शुभकामनासंगै आवश्यक सुझाव दिएका थिए। 

    छलफलसंगै महिला समन्वय उपसमिति र स्वयम्मसेविका समन्वय उपसमितिले पूर्णता पाएको छ।  जसअनुसार लक्ष्मी सिग्देल संयोजक रहेको २१ सदस्यीय महिला समन्वय उपसमिति र देवी ढकालको संयोजकमा ९७ सदस्यीय स्वयसेविका समन्वय  उपसमिति गठन गरिएको छ। 

    महिला नेतृ प्रेमकला ढकालको सन्चालन रहेको छलफलमा देवदह उद्योग व्यापार संघ देवदहका निवर्तमान अध्यक्ष गणेश खाती प्रेस समन्वय उपसमिति संयोजक विष्णु पोखरेल लगायतको उपस्थिति रहेको थियो।

    देवदह महोत्सव यहि माघ २६ गते  देखि संचालन हुँदैछ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij