सुनवल । सुनवल नगरपालिका -१० मा अवस्थित ॐ कार्यश्वोर दिब्यधाम मन्दिरमा आज देखि महायज्ञ सुरु भएको छ ।
बिभिन्न संघ संस्था, आमा समूह,सामाजिक कार्यमा क्रियाशील क्लबहरुको बृहत कलश यात्रा सहितको सहभागितामा महायज्ञ सुरु भएको हो ।सुनवलमा रहेका एतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार तथा प्रबर्दन साथै मन्दिरको अक्ष कोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गर्दै संस्कार विना जीवन, कर्म अधुरो हुने बताउनुभयो ।संस्कार र संस्कृतिको संरक्षणका लागि सबै लाग्नु पर्ने समेत उहाँले बताउनुभयो ।महायज्ञमा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बहादुर बस्नेत, सुनवल नगरपालिकाका नगर प्रमुख विमला देवी अर्याल,लगायतले बोल्दै महायज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

महायज्ञ अवधि भर भीमकान्त भागवत ज्युको मुखारविन्दु बाट कथा श्रवण तथा धार्मिक अनुस्थानाका कार्य हुने यज्ञ सम्पादन मूल समितिका संयोजक विष्णु प्रसाद पौडेलले बताउनुभयो ।
माघ १४ गते आज देखि सुरु भएको श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञ माघ २१ गते सम्म संचालन हुनेछ । महायज्ञको गतिविधि तथा प्रवचन लुम्बिनी पाना र दर्पण टेलिभिजन बाट समेत हेर्न सकिने छ
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij