बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सामाजिक अभियन्ता अनिल लामिछाने २०७९ को मगर ब्यक्तित्व घोषित

सामाजिक अभियन्ता अनिल लामिछाने २०७९ को मगर ब्यक्तित्व घोषित

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    सामाजिक अभियन्ता अनिल लामिछाने २०७९ को मगर ब्यक्तित्व घोषित
    images
    images
    images

    दक्षिण कोरिया । रुपन्देहीको देवदह ७ स्थायी घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका अनिल लामिछाने मगर,मगर  ब्यक्तित्व २०७९ घोषित भएका छन् । 

    नेपाल मगर संघ द.कोरियाले हरेक बर्ष एक जनालाई समुदायमा पुर्याएको योगदानलाई हेरेर मगर ब्यक्तित्व घोषणा गर्ने गर्दछ। 
    जस अन्तर्गत यस वर्ष  अनलाइनको माध्यमबाट समाजमा पुर्याएको कामको योग्यदान स्वरूप माघे सक्रान्तिको अवसर पारी आयोजित कार्यक्रममा २०७९(2023) को मगर ब्यक्तित्व लामिछानेलाई घोषणा गरिएको हो । 

    images
    images
    images

    द.कोरियामा रहेर १२ घण्टे कामको बाबजुत बचेको समयलाई सदुपयोग गर्दै फेसबुक अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरीको माध्यमबाट निकै गर्व लाग्ने उल्लेखिय कार्य गरेकोले मगर संसारका संस्थापक अध्यक्ष / समाजिक अभियन्ता मगर युवा व्यक्तित्व अनिल लामिछाने मगरलाई २०७९ ( 2०23 ) को मगर ब्यक्तित्व घोषणा गर्दै बिशेष सम्मान पत्र प्रदान गरिएको मगर संघ द.कोरियाका अध्यक्ष टेक पुन मगरले जानकारी दिए  । सो सम्मान नेपाली राजदूताबास सौल(कोरिया)का उपनियोग प्रमुख रामसिंह थापा र अध्यक्ष टेक पुन मगर ज्यू को हात बाट प्रदान गरिएको हो ।


    "भेषभूषा ,भाषा,धर्म,लिपि, संस्कार,संस्कृतिलाई संरक्षण गरौ विश्व भरिका मगरलाई एकजुट गराऔ"भन्ने नाराका साथ २०७४ सालमा स्थापित फेसबुक online ग्रुप/पेज मगर संसार फ़ोटो ग्यालरी मगर समुदायको एउटा परिचित सबै भन्दा ठुलो २ लाख  ८० हजार मेम्बर रहेको छ। त्यस्तै ग्रुप व्यवस्थापनका लागि ३० जना एडमिन व्यवस्थापक रहेका छन् ।

    लामिछाने स्याङ्जा चापाकोट ४ पिपल डांडामा जन्मिनु भई हाल कोरियामा रहेर ब्यस्त समयको बाबजुत समाजको लागि सञ्जालको माध्यमबाट विश्व भरिका मगरलाई एकजुट मात्र होइन धेरै उदाहरणीय काम समेत गरेका छन् ।


    अनिल लामिछानेको नेतृत्वमा मगर संसारको माध्यम /पहलबाट आजसम्म भएका केहि सहयोग सम्बन्धि गतिविधि 

    १४१ जना दिन, दुखी ,गरीब, बिरामी, अशक्त ,अपांग,पिडित हरुलाई १ करोड २० लाख बढी आर्थिक संकलन गरेर सहयोग हस्तांतरण गरी सकेको छ।
    मुटु रोगी, क्यान्सर रोगी ,मृगौला पिडित, पठेघार क्यान्सर,रुख बाट लडेका,सुत्केरी महिलालाई लास निकालन,बोन म्यारो ,ब्लड क्यान्सर, कलेजो बिरामी,ट्यूमर बिरामी लगायत धेरै लाई आर्थिक सहयोग मात्र होइन अन्य धेरै काम गरेको छ। जसमा
    १) नवलपुरका कालू अपांगलाई घर निर्माण
    २) पाल्पाका बिशकर्मा बाजेलाई घर निर्माण
    ३) बुटवल र पोखरामा अपांग अशक्त बृद्धाहरुलाई सेनिटाइजर ,माक्स तथा खाना सहयोग
    ४) आगोलागिबाट घर जलेका,बाढी पहिरोमा परेकालाई खाद्दन तथा जिन्सी र आर्थिक सहयोग
    ५) गरीब बिद्यार्थीलाई छात्रब्रिटी,अपांग अशक्तलाई आर्थिक सहयोग
    ६) १५ महीने मगर भाषा online क्लास सम्पन्न
    ७) ५ दिने उत्घोषक online तालीम सम्पन्न
    ८) ५ दिने मगर पंडित वापा मापा online तालीम सम्पन्न
    ९) ४० ओटा रचनात्मक तथा चेतना मुलक online प्रतियोगिता सम्पन
    लगायत  धेरै कामहरु अनिल लामिछानेको नेतृत्वमा सम्पन्न भएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij