बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा छायांकन गरीएको कौराहा गित 'लाफा ज्यु'लाई दर्शकको माया

देवदहमा छायांकन गरीएको कौराहा गित 'लाफा ज्यु'लाई दर्शकको माया

images
  • 673
    SHARES

  • images
    images
    images
    देवदहमा छायांकन गरीएको कौराहा गित 'लाफा ज्यु'लाई दर्शकको माया
    images
    images
    images

    देवदह । देवदहमा छायांकन गरिएको कौराहा गित लाफा ज्युलाई ४ लाख बढी भ्युज प्राप्त भएको छ । रुपन्देहीको देवदह -५  पानाबारी खेलमैदानमा छायांकन गरिएको मगर मौलिक कौरहा गितलाई भिडियो युत्युबमा रिलिज भएको छोटो समयमै यो सफलता प्राप्त भएको हो । 

     

    images
    images
    images

    भिडियो हेर्नुहोस 

     

    मगर संसार फोटो ग्यालरीको प्रस्तुतिमा निर्माण गरिएको कौराहा गित दोल राज बाह्र घरे नामक युत्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । उक्त गितमा तारा श्रीस मगर, प्रसाद खप्तरी मगर, डोलराज बाह्रघरे मगर र रचना राना मगर को आवज रहेको छ । त्यस्तै रमेश  बाबु  थापा  मगर, मिनुज़  राना  मगर,  सिर्जना  मगर, बिना  थापा  मगर, रिकेश  आले  मगर, शान्ति  राना  मगर,  तिर्सना  झेडी  मगर लगायतका कलाकारले अभिनय गरेका छन् ।

    डोलराज बाह्रघरेको शब्द संगीत र राज कुमार मगरको निर्देशन रहेको गितको निर्माणका लागि अनिल लामिछाने मगरले संयोजन तथा व्यवस्थापन गरेका हुन्  ।

    पानाबारी खेल मैदानमा मगर संस्कृति झल्किने घुमाउने घर निर्माण गरि विशेष गरि गाउँघरमा प्रयोग गरिने मौलिक सामाग्रीको प्रदर्शनी र मगर संस्कृति संरक्षण गर्ने हेतुले कौराहा गित निर्माण गरिएको मगर संसार फोटो ग्यालरीका अध्यक्ष, निर्माता तथा अभियान्ता अनिल लामिछाने मगरले बताए  ।

    छोटो समयमानै ४ लाख बढी भ्युज र झन्डै १० हजार प्रतिक्रिया सहित अत्याधिक दर्शकले गित राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij