मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुनवल मेला:काठमा सजिएको कला

सुनवल मेला:काठमा सजिएको कला

images
  • 341
    SHARES

  • images
    images
    images
    सुनवल मेला:काठमा सजिएको कला
    images
    images
    images

    निर्मल (एसपी) थापा । भनिन्छ कला जिवन्त रहन्छ अर्थात कहिल्यै मर्दैन,कलाकारले आफू भित्र अन्तरनिहित प्रतिभा विभिन्न ढंगले बाहिर ल्याइरहेका हुन्छन् । 

    सुनवल मेलामा राखिएको विभिन्न स्टल सकिन साथ एउटा सुकेको रुख जो कोहि दर्शकको आखा अगाडि ठोकिन्छ। त्यो रुखमा बनाइएको आर्टले दर्शकको मन नतान्ने कुरै भएन । रुखमा डायनासोर, घोडा, गणेश भगवान लगायतको आकृती बनाइएको छ।
    सेल्फी जोनका रुपमा बनाइएको उक्त स्थल र काठमा बनाइएको कला हेर्न सर्वसाधारणको भिड लाग्ने गरेको हो।

    images
    images
    images

     

    20230126_135219.jpg

     

    उक्त आर्ट सुनवल -९ स्वाथीका प्रदीप थारुले बनाएका हुन् । १५,१६ वर्षको हुँदा देखीनै उनले कपिमा, भित्ताहरुमा चित्र कोर्दै आर्ट कला सिकेका हुन् ।

    पछि काठमाडौ आर्ट ग्यालरीमा आर्ट सिकेका ३६ वर्षीय प्रदिप निरन्तर यहि पेशामा सक्रिय छन् । घरमै राधाकृष्णको आर्ट बनाइरहेका प्रदिपलाई सुनवल मेलामा तपाईंले बनाएका आर्ट दर्शकको रोजाई र चर्चा पाइरहेको जानकारी गराउदा खुशी लागेको भनाई व्यक्त गरे ।

    20230124140104_IMG_2403.JPG

     

    पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा सुनवल उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ १० गते देखि औद्योगिक व्यापार मेला संचालन भैरहेको छ। मेलामा मौलिक रुपमा जातिय पहिचान झल्काउने मगर, तमु घर, कृषि र बिज्ञान प्रदर्शनी, सुनवलमा रहेका ऎतिहासिक तथा प्रयटकिय क्षेत्रको फोटो प्रदर्शनी र सेल्फी जोन दर्शकको रोजाई बनेका छन् । 

     

    20230126_140808.jpg

     

    मेलाको आज ९ औं दिन सम्म आइपुग्दा हजारौं दर्शकले मेलाको अवलोकन गरेको अध्यक्ष तथा मेलाको संयोजक रमेश कर्मचार्यले बताए।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij