बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाए पछि .....

स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाए पछि .....

images
  • 300
    SHARES

  • images
    images
    images
    स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाए पछि .....
    images
    images
    images

    चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् ।

    उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, परबल लगायतका तरकारी फालेर आन्दोलन गरे ।

    images
    images
    images

    ‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’

    उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिंदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।

    लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । किसानहरुको प्रदर्शनका कारणले केहीबेर राजमार्गमा सवारी साधन सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij