मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भोलिदेखि सुरू हुने देवदह महोत्सवको सम्पूर्ण तयारी पुरा

भोलिदेखि सुरू हुने देवदह महोत्सवको सम्पूर्ण तयारी पुरा

images
  • 529
    SHARES

  • images
    images
    images
    भोलिदेखि सुरू हुने देवदह महोत्सवको सम्पूर्ण तयारी पुरा
    images
    images
    images

    देवदह । देवदह महोत्सवको तयारी पुरा भएको छ।  बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहले माघ २६ देखि फाल्गुन १० सम्म संचालन हुने सातौँ राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको जनाएको हो। 

    पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मूल आयोजक समिति संयोजक मेघराज ढकालले रूपन्देहीमा बुटवल र भैरहवा जस्ता ठुला र स्थापित शहर बाहिर पनि व्यापार मेला गर्न सकिन्छ भन्ने सन्देश दिंदै २०७१ सालमा देवदहमा आयोजित महोत्सवको सातौँ संस्करणको रूपमा संचालन हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको र भोलि एक समारोहबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले महोत्सवको उद्घाटन गर्ने बताए। 

    images
    images
    images

    महोत्सवको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभाका मन्त्री कृष्णा केसी, देवदह क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू, देवदह नगरपालिका र छिमेकी पालिकाका प्रमुखहरू आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अभिभावक संस्था नेपाल उद्योग व्यापार महासंघ, काठमाडौं र लुम्बिनी प्रदेश कार्य समितिका पदाधिकारी र प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, देवदहमा क्रियाशील सामाजिक संघसंस्था, विद्यालय, क्याम्पस, आमा समूह, बन उपभोक्ता समूह, सहयोगी संस्था देवदह व्यापार संघ, देवदह उद्योग वाणिज्य संघ, प्रगति सामुदायिक वन उपभोक्ता समूह लगायत देवदहबासीको उपस्थिति रहने आयोजकले जनाएको छ । 

    उद्घाटन समारोहका  विभिन्न विद्यालय, सांस्कृतिक संघसंस्था, आमा समूह, बन उपभोक्ता समूह, टोल विकास संस्था लगायतका सामाजिक संघसंस्थाको र्र्याली  समेत रहने र उत्कृष्ट र्यालीलाई पुरस्कृत समेत आयोजकले जनाएको छ । र्याली बिहान १० बजे खेरेनीको लोकेश्वर मन्दिरबाट सुरू जनाईएको छ। 
     
    मेलामा ९० प्रतिशत स्टल बुक भैसकेको स्तल दर्ता तथा व्यवस्थापन उपसमितिका संयोजक अमृत बहादुर फुल्लेलले जानकारी दिए। 

    मेलाको स्टलमा राखिएको खाद्य वस्तुको दैनिक रुपमा निरिक्षण गरेर मात्र बिक्रि वितरण गर्ने व्यवस्था गरिएको मेला निरिक्षण उपसमितिका संयोजक प्रेम थापाले बताए । 

    विगतका घटनाहरुलाई मध्यनजर गर्दै यस बर्षको महोत्सव अवधिभर सुरक्षा व्यवस्थालाई कडा बनाईएको बताउंदै सुरक्षा व्यवस्था उपसमितिका संयोजक गणेश खातीले आन्तरिक सुरक्षाकर्मी, प्रहरी प्रशासन र भूतपुर्व सैनिकहरुद्धारा सुरक्षाको व्यवस्था गरिएको बताए । 

    पर्यटन र कृषि प्रवर्धन महोत्सवमा मुख्य उद्देश्य रहेको बताएको आयोजकले पर्यटकीय गोष्ठी र कृषि गोष्ठीको समेत आयोजना गरिएको जनाएको छ। 

    महोत्सवमा बाल उद्यान, राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, विज्ञान प्रदर्शनी, देवदह क्षेत्रमा रहेका ऐतिहासिक फोटोहरूको प्रदर्शनी समेत गरिने छ भने सिङ्गिङ्ग र डान्सिंग आइडल तथा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको साथमा राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति रहने सचिवालय संयोजक थानेश्वर लम्सालले जानकारी दिए ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij