बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदह महोत्सव सुरु

देवदह महोत्सव सुरु

images
  • 771
    SHARES

  • images
    images
    images
    देवदह महोत्सव सुरु
    images
    images
    images

    देवदह। देवदहमा सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । 

    उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १०  फागुन सम्म चल्नेछ । देवदहमा २०७१ साल देखि नियमित रुपमा महोत्सव लाग्दै आएको छ । यो सातौं संस्करण हो । महोत्सवको बिहिवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरे ।

    images
    images
    images

    'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने  मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहीबिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन गरिनेछ। 

    महोत्सव उद्घाटन गर्दै सभामुख घर्ति मगरले देवदह महोत्सवले व्यवसायीको आर्थिक उन्नति गर्ने बताए । कोरोना र बैंकको ब्याजदरका कारण सिथिल बनेको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउन मद्दत पुग्ने विश्वास सभामुख घर्ति मगरले व्यक्त गरे । देवदहमा स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै सभामुख घर्तीले महोत्सवमा सहभागी हुन आग्रह समेत गरे  ।

    प्रदेश सरकारले कृषि सहकारी बाट अनुदान तथा सहुलियत दिने र अब विदेश पलायन मात्र होइन स्वदेशमै कृषि लगायत उद्यम गर्न सभामुख घर्तीले आग्रह गरे।देश अब पुजीवादको धोकामा प्रवेश गरेको बताउँदै सभामुख घर्ती मगरले सोचमा आत्मनिर्भर बनि व्यावहारिक रुपमै आत्मनिर्भर बन्न आग्रह गरे ।

    महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।

    अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।  

    उद्घाटन कार्यक्रममा बिभिन्न भेषभुषा, जातिय पहिचान झल्किने झाँकी, बिज्ञान तथा कृषि प्रदर्शनी, संघ संस्था, आमा समूह, विद्यालय, टोल विकास संस्था गरि हजारौको र्याली सहित सहभागिता रहेको थियो।  

    उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका प्रदेश सांसदद्वय जानकी न्यौपाने, आशिष चौधरी, पूर्व सांसद दिपा विक, देवदह नगरपालिकाका नगर  प्रमुख धुब्र प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ,राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारी,जनप्रतिनिधिको सहभागिता रहेको थियो। 

    कार्यक्रम संस्थाका उपाध्यक्ष अमृत बहादुर फुल्लेलको स्वागत तथा महासचिब थानेश्वर लम्साल र धना पन्थीको संचालनमा सम्पन्न भएको थियो । 

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, माघ २६ २०७९०४:०२:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij