मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह ईङ्लिस बोर्डिङ्ग हाई स्कुलले २७ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने

देवदह ईङ्लिस बोर्डिङ्ग हाई स्कुलले २७ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने

images
  • 216
    SHARES

  • images
    images
    images
    देवदह ईङ्लिस बोर्डिङ्ग हाई स्कुलले २७ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने
    images
    images
    images

    माघ २९ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ मा अवस्थित देवदह ईङ्लिस बोर्डिङ्ग हाई स्कुलले यहि फाल्गुण १२ गते २७ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने भएको छ । आइतबार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरि वार्षिकोत्सव तथा रजत महोत्सवबारे स्कुलका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी गराउनुभएको हो ।

    स्थापनाको २५ औँ वर्षमा मनाइने रजत महोत्सव कोभिडका कारणले मनाउन नपाएपछी अहिले मनाउन लागिएको प्राचार्य पौडेलले जानकारी दिनुभयो । रुपन्देही तथा देशकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विभिन्न समयमा उदाहरणीय शैक्षिक नतिजा प्रस्तुत गरेको स्कुलले औपचारीक शिक्षासँगै अतिरिक्त कृयाकलापलाई विशेष महत्व दिएर विधागत रुपमै प्रशिक्षकहरु व्यवस्थापन गरेर अगाडि बढेको प्राचार्य पौडेलले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्राचार्य पौडेलले रजत महोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु बारेमा जानकारी गराउनुभएको थियो । जस अन्तर्गत फाल्गुण  गते बृहत् सरसफाई कार्यक्रमसहित टोल बिकास संस्थालाई डस्टबिन वितरण गर्ने, फाल्गुण ७ गते पूर्व विद्यार्थी तथा शिक्षक पुनर्मिलन कार्यक्रम, फाल्गुण ८ गते देवदह नगरस्तरीय मा.वि. चात्र भलिबल प्रतियोगिता आयोजनाको समुद्घाटन, फाल्गुण १० गते अभिभावक खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर कार्यक्रम, फाल्गुण ११ गते पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम र फाल्गुण १२ गते मूल समारोहको कार्यक्रम रहने छ ।

    पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्राचार्य पौडेलले रजत महोत्सवको तयारी छोटो समयमा गर्न लागिएकाले सोँचे अनुसार बृहत् कार्यक्रमहरु आयोजना गर्न नसकिएको बताउनुभयो । रजत महोत्सवको अवसरमा रजत स्मारिका प्रकाशन तथा रजत स्तम्भ निर्माण गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो । प्राचार्य पौडेलका अनुसार कक्षा १२ सम्म माध्यमिक तह हुने व्यवस्था भएकाले आगामी वर्षबाट कक्षा ११/१२ को अध्यापनसमेत सुरु गर्ने योजना रहेको बताउनुभयो ।

    बि. सं. २०५३ सालमा स्थापना भएको स्कुलबाट हालसम्म १ हजार ८० जनाले एस्.एल्.सी. (एस्.ई.ई.) उत्तीर्ण गरिसकेका छन् । हाल ९ सय १५ जना विद्यार्थी अध्ययनरत रहेको स्कुलमा ३८ जना शिक्षक र १८ जना कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij