मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह नगरपलिकाद्वारा बिजेता खेलाडि कर्मचारीहरुलाई बधाई तथा सम्मान

देवदह नगरपलिकाद्वारा बिजेता खेलाडि कर्मचारीहरुलाई बधाई तथा सम्मान

images
  • 278
    SHARES

  • images
    images
    images
    देवदह नगरपलिकाद्वारा बिजेता खेलाडि कर्मचारीहरुलाई बधाई तथा सम्मान
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाले दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताका बिजेता खेलाडी कर्मचारीहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा माघ २४ देखि २८ गतेसम्म सञ्चालित फूतबल प्रतियोगिताको फाइनलम  देवदहले सिद्धर्थनगर नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै बिजयी बनेको थियो । बिजेताले रु ५१ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको थियो भने उपबिजेताले रु ३१ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो । एक कार्यक्रमका बिच नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले बिजेता टिमका क्याप्टेन सुमन थापा, टिम म्यानेजर राममणी अर्याल, टिम कोच सुरज पोख्रेली तथा खेलाडीहरुलाई टीका र माला लगाएर सम्मान गर्नुभएको हो ।

    सोही अवसरमा नगरपालिकाका कर्मचारी सुरज बस्याललाई बिदाई गरिएको थियो । नगरको भूमी शाखामा कार्यरत बस्यालले शाख  अधिकृतमा नाम निकालेर शिफारिस भएकाले उहाँलाई बिदाई गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बिजयी खेलाडीहरु तथा समग्र नगरपालिका परिवारलाई बधाई व्यक्त गर्नुभयो । कर्मचारी खेलाडिहरु निकै मेहनत गरेर खेल खेलेकोमा निकै खुसी लागेको उल्लेख गर्दै खेलमा सहभागी पालिकाबिचका कर्मचारी तथा जनप्रतिनिधिबिच सुमधुर सम्बन्ध स्थापित भएको बताउनुभयो । आगामी वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिन आवस्यक रहेको बताउँदै खेलले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले खेलमा जस्तै कार्यसम्पादन र विकासमा पनि उत्कृष्ट हुनका लागि सुझावहरु आएको बताउँदै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने आवस्यकता औँल्याउनुभयो । उहाँले कर्मचारी बस्यालले नगरमा रहेर निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रगतीपथका लागि बधाई तथा शुभकामना दिनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरका कर्मचारी खेलाडिहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको उल्लेख गर्दै सकेसम्म हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सल्लाह दिनुभयो । खेलाडी कर्मचारीहरुको हौसलाको लागि आफुले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेको उल्लेख गर्दै नगरबासीहरुलाई दिने सेवा प्रवाहमा पनि सबै कर्मचारीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

    उक्त अवसरमा बोल्दै बिदाई हुनुभएका कर्मचारी बस्यालले बिगत ३ वर्षदेखि देवदह नगरपालिकामा कार्यरत रहंदै आएकोमा हाल शाखा अधिकृत भएर जाँदै गर्दा एक हिसाबले जागिरे जीवनको वृत्ती बिकास हुँदा खुसी र कर्मथलो छोड्नुपर्दा दु:ख दुबै लागेको उल्लेख गर्नुभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij