मगर संसार फोटो ग्यालरीले हाल सम्म १४२ जनालाई सहयोग गरिसकेको छ।
स्याङ्जा । सामाजिक कार्यमा क्रियाशील फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले स्याङ्जाका दुवै मृगौला फेल भएका बिरामी बिक्रम रानालाई आर्थिक सहयोग गरेको छ।
स्याङजा जिल्ला बिरुवा ८ ललाङ पान्धारा घर भई हाल पोखरा निवासी आर्थिक अवस्था कमजोर भई दुवै मृगौला फेल भएका बिक्रम राना मगर लाई नगद १ लाख १६ हजार १४१ रुपैंया सहयोग हस्तान्तरण गरिएको हो।

मगर संसार फोटो ग्यालरी ग्रुप पेजका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष सक्रियतामा संकलित सहयोग रकम हस्तांतरण बिरामीको घरमै पुगेर हस्तांतरण गरिएको हो।मगर संसार फोटो ग्यालरीका एडमिनहरु शान्ति राना मगर, पवित्रा थापा मगर र टुगा राना मगर विक्रमको घरमा पुगेर रकम हस्तान्तरण गरेको मगर संसार फोटो ग्यालरीका अध्यक्ष अनिल लामिछानेले जानकारी दिएका छन्।
मगर संसार फोटो ग्यालरीले हाल सम्म १४२ जनालाई सहयोग गरिसकेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij