देवदह । सातौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवद्वारा आयोजित विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ। देवदह नगरपालिका क्षेत्र भित्रका १४ वटा विद्यालय सहभागी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दै गदै सगरमाथा मावि प्रथम भएको हो ।
प्रतियोगितमा नमूना एभरग्रीन इंलिश बोर्डिंग स्कूल दोस्रो भएको छ भने न्यु लुम्बिनी बोर्डिंङ्ग स्कुल देवदह - ५ ले तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगितामा सहभागी विद्यालयले बिभिन्न जात जातिको पहिचान र संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोतामा देवदहका केरवानी माध्यमिक विद्यालय, ग्रीनप्लाण्ट आवासीय मावि, देवदह मावि, देवदह बुद्ध पब्लिक आवासीय मावि, ज्ञान ज्योति मावि, सेभेन स्टार आवासीय मावि, युगज्योति मावि, सीता मावि, जनप्रिय मावि र न्यू नमूना आवासीय मावि सहभागी भएका थिए ।
"स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ ।
महोत्सवमा भोलि खुल्ला रक्तदान कार्यक्रम र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शनी आइडल, डासिंङ्ग स्टार, वक्तृत्वकला, विज्ञान प्रदर्शनी, भलिबल प्रतियोगिता, पर्यटन गोष्ठी लगायतका कार्यक्रम दैनिक संचालन भएका छन् भने घोड सवार, बालउद्यानसंगै मगर, गुरुङ, नेवार लगायतका समुदायको सांस्कृतिक खाजाघर लगायत १५० स्टलमा स्थानिय तथा स्वदेशी उत्पादनको प्रदर्शनी र विक्री वितरण हुँदै आएको छ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij