मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह मेलामा रक्तदान : ३३ यूनिट रगत संकलन 

देवदह मेलामा रक्तदान : ३३ यूनिट रगत संकलन 

images
  • 197
    SHARES

  • images
    images
    images
    देवदह मेलामा रक्तदान : ३३ यूनिट रगत संकलन 
    images
    images
    images

    देवदह। सातौं राष्ट्रिय देवदह औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव-२०७९ ले  देवदहमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।बिहिबार मेलास्थल देवदह मण्डपमा भएको रक्तदान कार्यक्रममा ३३ यूनिट रगत संकलन भएको रक्तदान समन्वय उपसमिति संयोजक सुशिला आले जानकारी दिइन। 

    रक्तदान कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मोहन बहादुर जिसीले मेला आयोजकले रक्तदान जस्तो पवित्र सामाजिक कार्यमा सहभागी भएकोमा मेला आयोजक समितिको प्रशंसा गरेका थिए ।  

    images
    images
    images

    रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी देवदह शाखा र अखिल क्रान्तिकारी देवदह नगर कमिटीको सहयोग रहेको रक्तदान समन्वय उपसमिति सह-संयोजक तथा नेपाल रेडक्रस सोसाईटी देवदह शाखा सचिव सरोज न्यौपानेले बताए । 

    फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    १५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij