देवदह । देवदह क्षेत्रमा रहेर विगत लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशील पत्रकार गोबिन्द घर्ती मगर शैक्षिक पत्रकारिता पुरस्कार बाट सम्मानित भएका छन् ।
सगरमाथा आवासीय माध्यमिक विद्यालयको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा शैक्षिक पत्रकारिता पुरस्कारबाट पत्रकार घर्ती मगर नगद र प्रमाणपत्र सहित सम्मानित भएका हुन् ।
सूचनाका लागि सामुदायिक संचार अभियान द्वारा संचालित सामुदायिक रेडियो,रेडियो देवदहको समाचार प्रमुखमा कार्यरत घर्तीले २०५६ साल बाट तत्कालीन राज्यसत्ता पत्रिकाबाट पत्रकारिता सुरु गरेका हुन्।
सगरमाथा आवासीय माविले अघिल्लो वर्ष देखि शैक्षिक पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ । शिक्षा पत्रकारितामा कलम चलाएर शैक्षिक स्तर बृद्दीका लागि अतुलनिय भूमिका निभेको र उक्त योगदानको कदर गर्दै शैक्षिक पत्रकारिता पुरस्कार बाट सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले बताए।
यस अघि पत्रकार झविन्द्र देवकोटा उक्त पुरस्कार बाट सम्मानित भएका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij