मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा आवासीय माविले मनायो २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

सगरमाथा आवासीय माविले मनायो २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

शिक्षा

images
  • 213
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माविले मनायो २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस
    images
    images
    images

    फागुन ७,देवदह । व्यवहारिक शिक्षाले मात्र स्वरोजार सृजना गर्ने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, को २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दे उहाले उक्त कुरा बताउनु भएको हो । 

    पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनु भयो । उहाले विद्यार्थीहरुको रुचीको पहिचान गरी वालवालिकालाई पठन पाठन गराउनु पर्नेमा जोड दिनु भयो । उहाले गुणस्तर शिक्षाको लागि शिक्ष नीति आवश्यक रहेकोले सवै क्षेत्रको सुझावको आधारमा शिक्षा नीति बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

    images
    images
    images

    उहाले शिक्षाको विकासको लागि सामुदायिक र संस्थागत विद्यालय वीच सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । सांसद विश्वकर्माले अन्र्तराष्ट्रिय क्षेत्रमा विक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी सम्पूर्ण शैक्षिक संस्थाहरु एकतावद्ध भएर लाग्न आग्रह गर्नु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य आषिशकुमार चौधरी, जानकी न्यौपाने, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, पुर्व नगर प्रमुख हिराबहादुर खत्री, एन प्याव्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, एन प्याव्सन लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, महामाया भवानी माध्यमिक विद्यालयका प्रार्चाय ऋषिश्वर अर्याल, सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याव्सन रुपन्देहीका सचिव वावुराम बन्जाडे लगायतले बोल्दै प्राविधिक शिक्षाको लागि नीजि क्षेत्रलाई पनि अनुमति प्रदान गर्नुपर्नेमाजोड दिएका थिए । 

    कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रार्चाय कृष्णप्रसाद पौडेलले विद्यालयले हजारौ विद्यार्थीहरुलाई पठन पाठन गराएको जानकारी दिनु भयो । उहाले सगरमाथा आवासीय माध्यमिक विद्यालयले कयौ दक्ष जनशक्ति उत्पादन गरेर अहिले व्यवसायीमा लागिरहेको बताउनु भयो । कार्यक्रममा समाज रुपान्तरणमा योगदान पु¥याए वापत देवदह अपाङ्ग सेवा समाजका अध्यक्ष वालकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । 

    विद्यालयको बार्षिकोत्सवको अवसरमा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्तीलाई शैक्षिक पुरस्कारबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक पुरस्कार तथा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्याल, हास्यकलाकार शेरबहादुर गुरुङ्गले आ–आफना गीत तथा व्याग्यात्मक प्रस्तुत गरेका थिए । विद्यालयका सहप्रार्चाय लेखनाथ काफ्लेको स्वागत, प्रदीप अधिकारीको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij