काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिंग गरिरहेको छ ।
नेपालले कुवेतविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ब्याट्सम्यान अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।
ओपनर अर्जुन कुमालले १०८ रन बनाएर आउट भएका छन् । उनले ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ४०.३ ओभरमा ३ विकेट गुमाएर २५४ रन बनाएको छ । अहिले देव खनाल ९० रन र विशाल विक्रम केसी १८ रन बनाएर खेलिरहेका छन् ।
नेपालका दीपक बोहोरा १३, आकास त्रिपाठी २ रन बनाएर आउट भएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij