मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल मगर संघ देवदह नगर समितिले मनायो मगर दिवस

नेपाल मगर संघ देवदह नगर समितिले मनायो मगर दिवस

images
  • 591
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदह नगर समितिले मनायो मगर दिवस
    images
    images
    images

    देवदह । नेपाल मगर संघ देवदह नगर समितिले ४१ औं मगर दिवस भब्य रुपमा मनाएको छ । देवदह -५ स्थित पानबारी खेलमैदानमा शुभकामना आदानप्रदान, सास्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, रक्तदान कार्यक्रम तथा विविध कार्यक्रमको आयोजना गरि मगर स्थापना दिवस मनाइएको हो ।

    मगर एकता दिवसको अवसारमा शुभकामना मन्तब्य व्यक्त गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी देवि न्यौपाने सबै जातजाति एकताबद्द भएर  देश विकास निर्माणमा लाग्नुपर्ने भनाई व्यक्त गर्नुभयो ।विकास निर्माणमा पछि परेका क्षेत्र र समुदायको पहिचान गरि स्थानीय मुद्दालाई सदन मार्फत आवाज उठाउने सांसद न्यौपानेको भनाई थियो। 

    images
    images
    images

    प्रमुख अतिथि समेत रहेका न्यौपानेले ४१ औं एकता दिवस मनाइरहदा मगर समुदाय तथा आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताका लागि के के प्रगति भयो, यो विषयमा सोच्न जरुरी रहेको भन्दै सांसद न्यौपानेले जनताको मुद्दा सुनुवाइ गर्नको लागिनै जनप्रतिनिधि निर्वाचन गरिएको बताउँदै आफ्नो क्षेत्रको विकास निर्माणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    त्यस्तै प्रदेस सभा सदस्य निर्मला देवी चौधरीले नेपाल बिभिन्न जातजाति र भाषा धर्म माने मानिसहरुको साझा फुलबारी रहेको बताउनुभयो। संस्कृतिलाई जोगाइराख्नुपर्ने भनाई व्यक्त गर्दै सांसद चौधरीले युवा पिडिहरुलाई पनि संस्कृति संरक्षणमा प्रेनित गर्नुपर्नेमा जोड दिनुभयो। 

    देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले जातीय पहिचान र संस्कृतिको जगेर्ना गर्ने कुरामा मगर समुदाय अगाडी रहेको बताउनुभयो। मगर समुदाय सरल र आफुलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रवृत्तिको रहेको बताउंदै नगर प्रमुख गुरुङलले शुभकामाना व्यक्त गर्नुभयो। नाग्रपालिके आदिवासी लक्षित सिपमूलक र विभिन्न कार्यक्रम गर्दै आएको भनाई व्यक्त गर्नुभयो। पार्टी भन्दा माथी उठेर सहयोग गरेको भनाई व्यक्त गर्दै उपप्रमुख गुरुङले मगर समुदाय र समग्रमा आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताका लागि लाग्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ ।

    कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका पदाधिकारी, जनप्रतिनिधि, शैक्षिक संस्थाका व्यक्तित्व लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। 

    कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापाको  अध्यक्षता, कोषाध्यक्ष मिलन मास्की रानाको स्वागत सचिब मन बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij