बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

केरवानी माविमा नगर प्रमुखको छड्के

केरवानी माविमा नगर प्रमुखको छड्के

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    केरवानी माविमा नगर प्रमुखको छड्के
    images
    images
    images

    देवदह । देवदहबाट नमुना विद्यालयको रूपमा प्रस्तावित केरवानी माध्यमिक विद्यालयमा देवदह नगर प्रमुख धुर्व प्रसाद खरेल लगायतको टोलीले आकस्मिक अनुगमन गरेका छ । बुधबार बिहान ९:३० बजे विद्यालयको गेटमा पुगेका नगर प्रमुख खरेलले झन्डै ९० मिनेट विद्यालय र विद्यालयमा हुने गतिविधीहरूको निरीक्षण गरेका थिए। 

    विद्यालयको आकस्मिक अनुगमनपछि शिक्षकहरूलाई निर्देशन दिंदै प्रमुख खरेलले विद्यालयमा देखिएका गतिविधिसंग आफु सन्तुष्ट हुन नसकेको बताए।   "बिहान ९:३० देखि म यहाँ छु, यहाँको क्यान्टिन, शौचालय, शिक्षकहरूका गतिविधीहरू सबै देख्दा मलाई विरक्त लाग्यो" उनले भने, "मैले अपेक्षा गरेको केरवानी मावि यस्तो थिएन ।" 

    images
    images
    images

     

    No description available.

    सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरूमा ज्ञानको कमि नरहेको उल्लेख गर्दै प्रमुख खरेलले शिक्षकलाई ज्ञानको प्रयोग गर्न सुझाए। उनले भने, "शिक्षामा २० प्रतिशत बजेट नगरपालिकाले छुट्याएको छ, अझै केहि थप गर्न परे गरौला तर राज्यले गरेको लगानी अनुसारको नतिजा चाहिन्छ। म देवदहका सामुदायिक विद्यालयले आफ्नो रुप बदलेको देख्न चाहान्छु।" 

     

    No description available.

    निजि विद्यालयले थोरै लगानीमै उत्कृष्ट नतिजा दिईरहेको तर्फ संकेत गर्दै प्रमुख खरेलले प्रश्न गरे, "सामुदायिक विद्यालयमा पढ्ने बच्चाहरूको शैक्षिक र अतिरिक्त क्रियाकलापमा समेत किन नतिजा राम्रो आउन सक्दैन? विद्वान शिक्षकहरूले विचार गर्नुभएको छ ? कतै हामीले आफ्ना बालबालिका निजि विद्यालयमा पठाएर आफु सामुदायिक विद्यालयलाई पढाउने होइन, मात्रै जागिर खाने, थकाई मार्ने र गफ गर्ने थलोको रूपमा विकास गरिरहेका त छैनौ?"

    समयमा विद्यालय नआउने, पुरा अवधी विद्यालयमा नबस्ने, शिक्षक पोशाक नलगाउने, शिक्षकहरू ग्रुप बनाएर गफ गरेर बस्ने र आफ्नो विषयमा राम्रो नजिता दिन नसक्ने शिक्षकलाई कारवाही गरिने उल्लेख गर्दै प्रमुख खरेलले अब नगरपालिकाले विद्यालयका प्रधानाध्यापकसंग र प्रधानाध्यापकले विषय शिक्षकसंग सम्झौता गर्ने र सम्झौता अनुसारको नजिता प्राप्त नभए सम्झौता पुरा नगर्ने शिक्षक र प्रधानाध्यापकलाई आवश्यक कारवाही अगाडी बढाईने धारणा व्यक्त गरे।  

    शिक्षकले इमान्दार प्रयास गर्ने हो भने सामुदायिक विद्यालयको नतिजा अन्य विद्यालयको भन्दा उत्कृष्ट हुनसक्ने प्रमुख खरेलको भनाई छ। 

    त्यसैगरि देवदह नगरपालिका प्रवक्ता तथा विद्यालय अवस्थित वडा देवदह-५ का अध्यक्ष गणेश डुम्रेले देवदहको एकमात्र कृषि प्राविधिक पढाई हुने केरवानी माविले प्रयाप्त सम्भावना हुँदाहुदै पनि अपेक्षित काम गर्न नसकेको बताए। माछा पालन, केरा खेती सबैको अनुगमन गर्दा झाडी फाड्ने र खेति गरिंदै गरेको क्षेत्रलाई सोहि अनुसार विकास गर्नुपर्ने सामान्य काम समेत नगरिएको भन्दै प्रवक्ता डुम्रेले दु:ख व्यक्त गरे । 

    केहि शिक्षक १० बजेपछि मात्रै विद्यालयमा उपस्थित भएको,  विद्यार्थीले बिहानी प्रार्थना गर्दैगर्दा शिक्षकहरू आफ्नो कक्षाका विद्यार्थी अगाडि उभिनुपर्नेमा ग्रुप बनाएर गफ गरेर बसेको, शिक्षकले विद्यालय पोशाक नलगाएको लगायतका विषयमा समेत आफुले कमजोरी देखेको उल्लेख गर्दै प्रवक्ता डुम्रेले विद्यार्थीको  प्रार्थना कस्तो हुनुपर्छ भन्ने अन्य विद्यालयको हेरेर समेत सिक्न र सोहि अनुसार गर्न शिक्षकलाई निर्देशन दिए।

    विद्यालयको शैक्षिक अनुशासनमा नबस्ने र राम्रो नतिजा दिन नसक्ने शिक्षककाई सोहि विद्यालयमा राखिरहन नगरपालिका वाध्य नहुने उल्लेख गर्दै प्रवक्ता डुम्रेले शिक्षकहरूलाई आफ्नो पेशाको मर्यादा कायम राख्न र विद्यार्थीको भविष्यप्रति जिम्मेवार हुन आग्रह गरे। 

    अनुगमन टोलिमा सहभागी विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले आज (बुधबार) शिक्षक पोशाक नलगाई विद्यालय आउने शिक्षकलाई लिखित स्पष्टिकरण दिन निर्देशन दिए। उनले भने, "आज जो-जो सर-म्याडमले पोशाक लगाउनु भएको छैन, सबैले लिखित स्पष्टिकरण दिनुहोला।" शिक्षक पोशाक लगाएर समयमै विद्यालय आउन नसक्ने हो भने विद्यालय नआउन निर्देशन दिंदै प्रधानाध्यापक ढुंगानाले भोलिदेखि १० बजेभित्र विद्यालय प्रवेश नगर्ने शिक्षक र विद्यार्थीलाई विद्यालयको गेट नखुल्ने बताए।

    अनुगमनमा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुशिला भट्टराई, व्यवस्थापन समिति सदस्य सुष्मा रिजाल, विरेन्द्र पाण्डे लगायतको समेत उपस्थिति रहेको थियो।

    वि. सं. २०१० सालमा स्थापना भएको देवदहस्थित केरवानी माध्यमिक विद्यालयले ७९ वर्ष पुरा गरेको छ । शिशु कक्षादेखि कक्षा १२ सम्म पढाई हुने केरवानी मावि देवदहको नेता विद्यालय हो । नमूना विद्यालयको रूपमा प्रस्तावित, विद्यार्थी संख्या र प्राविधिक विषय समेत पढाई हुने विद्यालय भएको हुनाले केरवानी माविलाई नगरभित्रको नेता विद्यालयको रूपमा चिनिन्छ। 

    यस विद्यालयको सुरुवात हाल देवदह नगरपालिकाको भवन रहेको स्थानमा भएको थियो।  जहाँ तत्कालीन अवस्थामा एउटा बगैंचा थियो । सोही स्थानमा बगोर प्राथमिक पाठशालाको नाममा हालको केरवानी माध्यमिक विद्यालयको सुरुवात भएको थियो । तत्कालिन समयमा किस्मत बहादुर मनाङगामीको पहल र नेतृत्वमा स्थापित उक्त विद्यालयका स्थापित भएको हो। 

    यस  विद्यालयबाट एसएलसी दिने पहिलो व्याज २०४५ सालको थियो । २०४५ सालमा एसएलसी (तत्कालीन माध्यमिक) तहको अनुमती पाएको केरवानी माविले २०५५ सालमा कक्षा १२ सम्म अध्यापन गराउने अनुमती पाएको थियो । 

    हाल विद्यालयमा १ हजार ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् भने कार्यरत शिक्षक संख्या ५५ र कर्मचारी संख्या ५ रहेको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij