देवदह । देवदह नगर अस्पतालमा आज बाट स्वास्थ्य बिमा प्रथम सेवा विन्दु शुभारम्भ भएको छ ।यो संगै देवदह र आसपासका बासिन्दालाई बीमा सुविधा लिन सहज हुने भएको छ। यस अघि देवदह क्षेत्रका नागरिकलाई बिमा सुविधा लिन बुटवल प्रादेशिक अस्पताल र भैरहवा सम्म धाउनु पर्ने स्थिति थियो।
हाल देवदह नगरपालिकामा स्वास्थ्य बिमा गर्ने नागरिक ११ हजार भन्दा बढिरहेको र प्रत्येक वडामा १ जना बिमाकर्ता खटाएर नागरिकको स्वास्थ्य बिमा कार्यक्रम संचालन भैरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शुक्रबार एक कार्यक्रमका बीच स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गर्नुभएको हो। सांसद विश्वकर्माले नागरिकको स्वास्थ्यनै पहिलो प्राथमकिता भएको बताउंदै स्वाथ्य बिमा कार्यक्रमलाई प्रत्यक नागरिकको पहुँचमा पुग्ने गरि काम गर्न नगरपालिकालाई आग्रह गर्नुभयो।
स्वाथ्य बिमा कार्यक्रम नागरिकका लागि फलदायी भए पनि सर्वसाधारणलाई सहि ढंगले बुझाउन नसक्दा प्रभावकारी हुन नसकेको बताउंदै सांसद विश्वकर्माले जनतालाई सरल ढंगले स्वास्थ्य बिमा सम्बन्धि जानकारी गराएर नागरिकलाई स्वाथ्य बिमा कार्यक्रममा जोड्नुपर्ने बताउनुभयो। केपी ओली नेतृत्वको सरकारको पालामा एक नगर एक अस्पताल कार्यक्रम ल्याएको र वडाका स्वास्थ्य केन्द्रलाई समेत चुस्तदुरुस्त रुपमा संचालन गरि नागरिकलाई स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो।
देवदह नगरपालिका प्रमुख धुब्र प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल, स्वास्थ्य विमा रुपन्देहीका संयोजक दिपक मणि पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
देवदह नगर अस्पतालबाट स्वास्थ्य बिमा प्रथम सेवा विन्दु शुभारम्भ भए संगै नवलपरासीको सुनवल नगरपालिका, रुपन्देहीका देवदह सहित रोहिणी,ओम सतिया गाउँपालिका, पाल्पाको तिनाउ र माथागढ़ी गाउँपलिकाको नागरिकले सेवा लिन पाउनेछन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij