मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

साना किसान कृषि सहकारी देवदहको अध्यक्षमा पुन:टिका न्यौपाने चयन

साना किसान कृषि सहकारी देवदहको अध्यक्षमा पुन:टिका न्यौपाने चयन

images
  • 773
    SHARES

  • images
    images
    images
    साना किसान कृषि सहकारी देवदहको अध्यक्षमा पुन:टिका न्यौपाने चयन
    images
    images
    images

    देवदह। साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहको अध्यक्षमा पुनः टिका न्यौपाने चयन भएकी छन् । संस्थाको २३ औं साधारण सभा तथा आठौँ अधिवेशनबाट पुनः न्यौपानेको अध्यक्षतामा आगामी ४ बर्षका लागि ९ सदस्यीय सञ्चालक समिती चयन गरिएको हो ।

    जसको उपाध्यक्षमा खेम नारायण ढकाल, सदस्यहरुमा नविन न्यौपाने, सरस्वति पोखरेल, लक्ष्मी कंडेल, अजय कुमार गुप्ता, अमर बहादुर थापा, दिल बहादुर थापा र निरमाया आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै कल्पना जिसी सुवेदीको संयोजकत्व ३ सदस्यीय लेखा समिति चयन गरिएको छ। जसको सदस्यहरुमा दुर्गा नारायण डुम्रे र दिवाकर अधिकारी रहेका छन्। 

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले सहकारीले ऋण लगानी गरेर मात्र उपलब्धि हासिल नहुने बताएका छन्। नागरिकले बिबाह ब्रतबन्ध आदिमा प्राय ऋण लिने प्रचलन रहेको बताउंदै नगर प्रमुख खरेलले उत्पादन र आर्थिक उपार्जन हुने खालको क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरे। 

    नेपालको संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको बताउदै आर्थिक विकास र समृद्धका लागि सहकारीको महत्वपुर्ण भुमिका रहेको नगर प्रमुख खरेलले उल्लेख गरे। 

    सहकारीको पुंजीलाई उत्पादानसंग जोड्न सके सहकारीबाट नितान्त तल्लो तहका जनताहरु लाभान्वित हुने बताउंदै उनले सहकारीले उत्पादनमुलक काममा लगानी गरि सदस्यहरुलाई उद्यमी बनाउन सक्नुपर्नेमा जोड दिए । नागरिकले उत्पादन गरेको कृषिजन्य बस्तुलाई व्यवस्थापन गर्नका लागि नगरपालिकाले सिट भण्डारको व्यवस्थापन गर्न गैरहेको समेत नगर प्रमुख खरेलले उल्लेख गरे।

    यस्तै कार्यक्रममा विशिष्ट अतिथी जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनले सहकारीको नाममा पछिल्लो समय बिकृति फैलिएको बताए। ब्याज बृद्दी, बचत दोब्बर फिर्ता लगायतका प्रलोभन देखाएर ठगि कार्य भैरहेकोले त्यस्ता सहकारी सङ्ग सजक रहन उनले सुझाब दिए। 

    सहकारीले उत्पदान संगै कृषि, जलविद्युत र पर्यटन क्षेत्रम लगानी गरि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नुपर्ने तुलाचनको भनाई थियो। तिलोत्तमा नगरपालिकाले मलको लागि नमुना वडा छनोट गरि काम सुरु गरेको बताउदैं उनले सकारात्मक कार्यको सिको गरि सहकारीको दिगो विकासका लागि लाग्न आग्रह गरे। 

    यसैगरी नेपाल कृषि सहकारी लिमिटेडका संचालक राम प्रसाद रेग्मीले गरिवी निवारण गर्नका लागि सहकारीले सहयोगी भूमिका निर्वाह गर्ने बताए। उत्पादन लागत बाढी र घटाउने कुरामा ध्यान दिन नसक्दा भारत बाट आउने तरकारी संग प्रतिस्पर्धा गर्न नसकेको रेग्मीको भनाई थियो। सिंचाई, बजार, राहत, बिउबिजन,,मल आदि कुरामा राज्य संग सहकार्य र हातेमालो गर्दै अघि बढ्न उनले जोड दिए। 

    कार्यक्रममा नेपाल लाइभ इस्टक इनोभेसन सेक्टरका प्रबन्धक गान्धिराज उपाध्याय, गणेश प्रसाद भट्टराई, लक्ष्मी खनाल, गिर प्रसाद पाण्डे, सुबकान्त न्यौपाने लगाएतले बोल्दै सहकारीहरु सहकारीको निती, सिद्दान्त ,मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने उल्लेख गरे। 

    कार्यक्रमको अवसरमा जेष्ठ नागरिक,उत्कृष्ट कृषक, उद्यमी महिला, विद्यार्थी, उत्कृष्ट बचत समूह,नियमित बचतकर्ता, बाल बचतकर्ता लाई नगद पुरस्कार र कृषि सामाग्री सहित सम्मान समेत गरिएको थियो ।

    संस्थाकी अध्यक्ष टिका न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन साथै आगामी कार्ययोजना प्रस्तुत गरेकी थिईन।कार्यक्रममा लेखा संयोजक सरस्वती पोखरेलले लेखा समितिको प्रतिबेद्दन प्रस्तुत गरेकी थिईन। 

    कार्यक्रम संस्थाका उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत, व्यवस्थापक सरला सुवेदीको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा सचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij