सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कृषि उत्पादनको अवस्था कस्तो छ ? यस्तो छ प्रतिबेदन

देवदहमा कृषि उत्पादनको अवस्था कस्तो छ ? यस्तो छ प्रतिबेदन

उत्पादक घर परिवारहरु तिब्र रुपले उपभोक्तामा परिणत हुँदै गएको देखिएको छ।

images
  • 284
    SHARES

  • images
    images
    images
    देवदहमा कृषि उत्पादनको अवस्था कस्तो छ ? यस्तो छ प्रतिबेदन
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह नगरपालिकामा कृषि वन ज्ञान, कृषि उत्पादन र बजारको अवस्था बारे तयार पारिएको एक प्रतिवेदन सार्वजनिक गरिएको छ। लुम्बिनी बौद्द विश्वविद्यालय स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स स्कुलले  एसिया फाउन्डेसनको सहयोगमा तयार पारेको प्रतिबेदन सार्वजनिक गरिएको हो। 

     

    images
    images
    images

    No description available.

     

    प्रतिवेदनका अनुसार देवदहको कुल क्षेत्रफलको २७ २२ प्रतिशत कृषि जमिनले ओगटेको छ।देवदह नगरपालिकाको १२ वटै वडाका कृषि कार्यमा संलग्न बासिन्दाहरुलाई समेटेर कृषि कार्यमा आबद्द नागरिकको धारणा समेटेर प्रतिवेदन सार्वजनिक गरिएको छ। 

    अध्ययनका अनुसार देवदह नगरपालिकामा फलफूल, तरकारी, आलू लगायत कृषि उत्पादनमा कमि आएको देखिएको छ। कृषिको उत्पादन र सम्भावना प्रयाप्त हुँदाहुँदै पनि एकै पटक बजारको लागि तयार नहुने र परिमाण सानो हुने हुनाले बजाणीकरणमा समस्या देखिएको छ। 

    No description available.

    देवदह नगरपालिकामा हप्ताको ४ पटक हाटबजार लाग्ने र र कृषि उत्पादन उपभोक्ता सम्म आइपुग्ने सबै भन्दा सस्तो प्रणाली बजार भएको कारण उत्पादन बजाणीकरणका लागि हाटबजारले सहयोगी भूमिका खेलेको छ। तर हाटबजारमा गरिएको अध्ययनले स्थानीय भन्दा बढी छिमेकी पालिका बाट ल्याइएका कृषि उत्पादनहरु बिक्रीमा रहेको पाइएको छ। 

    No description available.

    स्थानीय उत्पादनको उचित बजारको व्यवस्थापन नहुनु, उत्पादनको लागत नउठ्ने कारणले गर्दा कृषि कर्म गुजारामुखी, उत्पादन प्रणालीमै सिमित रहेको, उत्पादकत्व बढाउने तिर लगानी इच्छुकतामा कमि रहेको, उत्पादक घर परिवारहरु तिब्र रुपले उपभोक्तामा परिणत हुँदै गएको, विना पुँजी लगानी र विना मूल्य अभिबृद्दी मध्यकहरु बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ। 

    उचित बजारको व्यवस्थापन भए उत्पादकत्व र उत्पादन बढाउन कृषि कार्यमा संलग्न बासिन्दाहरु उत्सुक रहेको, राम्रो व्यवस्थित कृषक बजारको व्यवस्थापन भएमा लामो दुरी सम्म पनि उपभोक्ता किनमेलका लागि जान इच्छुक रहेको प्रतिबेदनमा बताइएको छ। 

    No description available.

    स्थानीय उत्पादनलाई स्थानीय बजारमै सहज रुपमा बिक्रि गर्ने अवसरको सिर्जना सके स्थानीय कृषकले बजार पाउने अर्थतन्त्रमा समेत सकारात्मक ढंगको प्रभाव पर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ। 

    प्रतिवेदन सार्वजनिक कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलक राम आचार्यले बोल्दै विश्वबिद्यालयले अध्ययन संगै अनुसन्धान गर्ने तरिकाले क्रीयाकलाप गरिरहेको बताउनुभयो। विश्वविद्यालयले  धर्म,संस्कृति ,साहित्य र अनुसन्धान संगै वातावरण, जैविक विविधता लगायतको केन्द्र बनाएर कार्य गर्ने योजना गरिरहेको आचार्यले बताउनुभयो। देवदहमा लुम्बिनी बौद्द विश्वविद्यालयले जग्गा प्राप्ति गरि निर्माणका काम अगाडी बढिरहेको र जनस्तर बाट सुझाव लिएर,स्थानीयलाई सहभागी गराएर कार्य गर्ने उहाँको भनाई थियो। 

    No description available.

    लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स स्कुलका डिन उकेश राज भुजुले अहिले सार्वजनिक भएको प्रतिवेदन प्रारम्भिक भएको  छुटेका कुराहरुलाई र पुनः अध्ययन गरेर प्रतिवेदन तयार गरिने बताउनुभयो। 

    विश्व विद्यालयले समुदाय सङ्गको सहकार्यमा गोष्ठी, वृक्षारोपण, उत्पादन मुलक तालिम तथा बिभिन्न क्रियाकलाप गरिरहेको र स्थानीय संघ संस्थालाई परिचालन गरेर आय आर्जन र रोजगारमूलक कार्यक्रम गरिने उहाँको भनाइ थियो। 

    No description available.

    कार्यक्रममा वातावरण र विकासको लागि अन्तर्राष्ट्रिय संस्थाका सुदिप अर्याल, सगरमाथा बोर्डिंगका प्रिन्सिपल कृष्ण प्रसाद पौडेल,पृथ्वी उमा ज्ञान केन्द्रका अध्यक्ष गोबिन्द बहादुर खत्री, नारायण काजी श्रेष्ठ लगायतले बोल्नुभएको थियो।प्रतिवेदन प्रस्तुति र सहभागी बाट आएको जिज्ञासाको जवाफ  डा.शैलेश कर्णकार र मोहम्मद अयुबले दिनुभएको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij