देवदह । सामाजिक कार्यमा क्रियाशील संस्था देवदह जेसिजले टिकटक भिडियो प्रतियोगिता संचालन गर्ने भएको छ।
जेसिज भनेको के हो?जेसिजले गर्ने क्रियाकलाप, समाजमा जेसिजको योगदान समेटेर जेसिजका पदाधिकारीले भिडियो बनाई प्रतियोगितामा सहभागी हुन सकिने भिडियो प्रतियोगिताका संयोजक मधु भण्डारीले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी हुनका लागि भिडियो अधिकतम ३ मिनेटको हुनुपर्ने, भिडियो जेसिज संग सम्बन्धित हुनुपर्ने, भिडियो सामाजिक सदभावमा असर नपर्ने खालको हुनुपर्ने र टिकटकमा भिडियो पोस्ट गरिसके पछी उक्त भिडियो चैत्र ८ गते भित्र देवदह जेसिजको मेलमा पठाउन सकिने छ।
प्रतियोगितामा विजेता हुने प्रतियोगीले ८ हजार ४९९ र उपविजेता हुनेले ४ हजार ४९९ प्राप्त गर्नेछन। लाइक, कमेन्ट, सेयर र भ्युजको आधारमा विजेता छनोट गरिने संयोजक भण्डारीले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij