मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनगणनाको पूर्ण विवरण आज सार्वजनिक हुँदै

जनगणनाको पूर्ण विवरण आज सार्वजनिक हुँदै

images
  • 217
    SHARES

  • images
    images
    images
    जनगणनाको पूर्ण विवरण आज सार्वजनिक हुँदै
    images
    images
    images

    काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले  जनाएको छ । 

    images
    images
    images

    २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो । कार्यालयले पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरेको जनाएको छ। 

    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो। २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । 

    कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार पूर्ण विवरण सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मबाहेकका सबै विवरण सार्वजनिक हुनेछ। जातजाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक गर्न तयारी नपुगेको र सरोकारवालासँग थप छलफल गर्न बाँकी भएकाले पूर्ण विवरण नआउने उनले बताए। 

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij