काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ।
महानगरपालिकाले शनिबार सूचना जारी गरी नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन भनेको हो। महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न भनेको छ।
एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम महानगरले हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गर्ने सूचनामा उल्लेख छ ।
यसअघि काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन लाग्दा सुकुम्बासी वस्तीका बासिन्दाले प्रतिकार गरेका थिए । सुकुम्बासी वस्ती हटाउन नसकेपछि महानगरले गृहमन्त्रालयको सहयोग खोजे पनि पाउन सकेको थिएन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij