मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा, चौधरीलाई मुख्यमन्त्री बनाउन माग

गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा, चौधरीलाई मुख्यमन्त्री बनाउन माग

images
  • 257
    SHARES

  • images
    images
    images
    गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा, चौधरीलाई मुख्यमन्त्री बनाउन माग
    images
    images
    images

    बुटवल। नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता गरी मन्त्रीहरुले राजीनामा दिएसँगै ५४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरुले मुख्यमन्त्रीमा चौधरीलाई नियुक्त गर्न माग गदै प्रदेश प्रमुख अमिक शेरचन समक्ष माग गरेका हुन् ।

    संघीय सरकारमा नेकपा एमाले नेकपा माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो। माओवादी सरकार बाहिरिएसँगै लुम्बिनीमा एमालेका संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ। कांग्रेस संसदीय दलका नेता चौधरीले ५४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

    images
    images
    images

    चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादीका दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी, लोसपाका दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ता, जसपाका दलका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन भनेका छन् ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij