मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिलोत्तमा -१४ का १२ जनालाई लालपुर्जा वितरण

तिलोत्तमा -१४ का १२ जनालाई लालपुर्जा वितरण

images
  • 249
    SHARES

  • images
    images
    images
    तिलोत्तमा -१४ का १२ जनालाई लालपुर्जा वितरण
    images
    images
    images

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका -१४ मा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गरिएको छ ।तिलोत्तमा-१४ स्थित विन्दुपुर गाईघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमका बीच १२ जनालाई लालपूर्जा वितरण गरिएको हो ।

    सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा भित्र रहेका सम्पूर्ण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत नगरपालिकासङ्ग रहेको बताउँदै बाकी रहेका भूमिहीनहरुलाई पनि क्रमिक रुपमा लालपुर्जा वितरण गरिने बताउनुभयो ।उहाँले आफ्नो कार्यकालमा सबैलाई हातहातमा लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे अनुसार लालपुर्जा वितरण र त्यसपछि पुनः नापिको काम सुरु गरिने बताउनुभयो ।नगर प्रमुख खाणले सबैको साझा प्रयासले तिलोत्तमाको विकास र समस्या समाधान गर्न सकिने बताउँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई आफ्नै कार्यकालमा लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    images
    images
    images

    तिलोत्तमाको विकासको लागि नागरिकले साथ दिएको उहाँको भनाई थियो । तिलोत्तमा नगरपालिका -१४ का वडा अध्यक्ष आश्विन पौडेलले सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्न आयोगनै बनाएर अघि बढेको बताउनुभयो ।उहाँले नगरपालिकाको सक्रियताले १२ जनालाई लालपुर्जा वितरण गर्न सफल भएको बताउँदै वडामा रहेका अन्य भूमिहीनलाई छिट्टै लालपुर्जा दिने बताउनुभयो ।वडामा एक सयको हाराहारीमा सुकुम्बासी रहेको उल्लेख गर्दै उहाँले नापजाँचको काम सकिएको र अब प्रक्रिया पूरा गरेर दिईने बताउनु भयो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij