देवदह। कोलिय राज्य बुद्द मावली क्षेत्र विकास समितिको आयोजनामा देवदहमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। देवदहको भवानीपुरमा लाग्ने चैते दशैं मेलाको अवसरमा 'पर्यटन क्षेत्रको प्रवर्द्धन सम्बन्धमा सरोकारवाला संग अन्तरक्रिया' कार्यक्रम देवदहको भवानीपुरमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले देवदह नगरपालिकाले पर्यटन सम्बन्धि ऎन र कार्यविधि बनाएर देवदहको पर्यटनलाई अगाडी बढाउने योजना बनाएको बताउनुभयो। देवदहको पर्यटनको विकास, प्रचार प्रसार र उत्थानका लागि पर्यटन समिति बनाएर सबैलाई अपनत्व हुने गरि काम गरिने नगर प्रमुख खरेलको भनाई थियो।

पर्यटकिय आकर्षणका गन्तव्य स्थल बनेपछि समग्र अन्य पुर्वाधारहरुको विकास र पर्यटकिय गन्तव्यहरुको योजनावद्ध स्तर उन्नती हुन सके यहाँको पर्यटन विकास दिगो हुने र देवदह क्षेत्रमा बनेका पछिल्ला संरचनाले थुप्रै पर्यटकहरु आकर्षण गरेको नगर प्रमुख खरेलको भनाई थियो। देवदह नगरपालिकाको मूल नारा 'पर्यटन कृषि र पूर्वाधार, समृद्द देवदहको मूल आधार भन्ने रहेकोले पर्यटन कृषि र पूर्वाधारको विकासले मात्र देवदहको समृद्दी सम्भव रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले बोल्दै देवदहलाई पर्यटकीय गन्तब्यको १०१ सूचीमा राख्न सफल भएको बताउनुभयो। विशेषत भवानीपुर क्षेत्र देवदहको पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र भएकोले देवदह नगरपालिकाले भवानीपुर संगै देवदहका सबै पर्यटकीय क्षेत्रको संरक्षण प्रचार प्रसार र सम्बर्द्दन गर्ने बताउनु भयो।
अन्तरक्रिया क्रायक्रममा प्रमोद खनाल, ऋषिश्वर अर्याल, मित्रलाल न्यौपाने, बासुदेव रिमाल लगायतले बोल्दै पर्यटकिय गतिविधीहरुलाई समेटेर अगाडी बढ्नु पर्ने धारण व्यक्त गर्नुभयो। । अर्थतन्त्र चलायमान गर्न पर्यटकीय क्षेत्रले बिशेष भूमिका खेल्ने सरोकारवालाहरुको भनाई थियो। प्रत्यक वर्ष लाग्ने चैते दशैं मेलाको ऎतिहासिक महत्व रहेको भन्दै मेलाको सफलताको समेत शुभकामाना व्यक्त गर्नुभयो।

पर्यटकिय गन्तव्यहरुको योजनावद्ध स्तर उन्नती हुन सके देवदहको पर्यटन विकास दिगो हुने सो कार्यक्रमको छलफलको निष्कर्ष रहेको थियो । पछिल्लो समय देवदहमा पर्यटक बाक्लो रुपमा भित्रीए पनि यहाँ कति पर्यटकहरु आए र कुन सेवा र कुन स्थान कति पर्यटक पुगेका छन भन्ने लेखाजोखा नभएको र पर्यटकहरु देवदहमा बस्ने र रमाउने बतावरण अझै बन्न बाँकी नै रहेको र यस तर्फ सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको थियो।

कार्यक्रममा राम बहादुर गुरुङ, तेजु अर्याल , सुरेन्द्र चौधरी, युवराज चापागाईं लगायतले सुझाव राख्दै देवदहको पर्यटनको विकासका लागि होमस्टे, पर्यटन क्षेत्रको प्रचार, डिजिटल प्रचार, सांस्कृतिक, धार्मिक सम्पदाको ध्यान दिनुपर्ने बताउनुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता, हरि प्रसाद न्यौपानेको स्वागत र यमलाल अर्याल 'राजु' को संचालनमा सम्पन्न भएको थियो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij