मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहको भवानीपुरमा लाग्ने ऎतिहासिक रामनवमी मेलाको तयारी पुरा

देवदहको भवानीपुरमा लाग्ने ऎतिहासिक रामनवमी मेलाको तयारी पुरा

images
  • 2.6K
    SHARES

  • images
    images
    images
    देवदहको भवानीपुरमा लाग्ने ऎतिहासिक रामनवमी मेलाको तयारी पुरा
    images
    images
    images

     

    देवदह। देवदहको भवानीपुरमा लाग्ने ऎतिहासिक रामनवमी मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । मेलाको तयारीको लागि प्रचार प्रसार,मन्दिर वरपरका क्षेत्रमा सरसफाई र पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न स्टल निर्माणकार्य कार्य अन्तिम चरणमा पुगेको कोलिय राज्य क्षेत्र विकास समितिका अध्यक्ष लिला बल्लभ भट्टराईले बताउनु भयो। 

    images
    images
    images

    मिठाईका परिकारका स्टल साथै खेलकुद र मौलिक र जातिय पहिचान झल्किने सांस्कृतिक कार्यक्रम समेत रहने अध्यक्ष लिला बल्लभ भट्टराईले जानकारी दिनुभयो। 

    मेलालाई व्यवस्थित र मर्यादित बनाउन तथा भवानीपुर संगै बुद्द संग जोडिएका र देवदहका अन्य  ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण र प्रबर्द्दनका लागि वडाले नगरपालिका संग समन्वय गरेर कार्य गरिरहेको वडा नम्बर ४ का वडा अध्यक्ष दमन नाथ रेग्मीले बताउनुभयो ।  

    प्रत्येक वर्ष राम नवमीको अवसर पारेर लाग्ने मेलाको एतिहासिक महत्व रहेको र यसको प्रचार र संरक्षण गर्न सबै मिलेर लाग्नुपर्ने  वडा अध्यक्ष रेग्मीको भनाई थियो । 

     

    No description available.


    भावानीपुरमा लाग्ने चैते दशैँ मेलाको इतिहास,महत्व र बिशेषता 

    देवदहको भवानीपुरमा लाग्ने चैते दशै/रामनवमी मेलाको बिशेष महत्व रहेको छ। मेला कहिले देखि लाग्न सुरु भएको उल्लेख नभए पनि तत्कालीन केरवानीका जमिन्दार भनेर चिनिने महेन्द्र बहादुर मुनाङ्कमीका हजुर बुवा हिक्मत बहादुर मुनाङ्कमीले हाल मेला लाग्ने क्षेत्रमा संसारीमाईको पूजापाठ गर्दै आएको र पछि मायादेवी मन्दिर क्षेत्रको उत्खनन भए पछि सोहि क्षेत्रमा राम नवमी मेला लाग्दै आएको स्थानीय बताउछन् । 

     

    No description available.

     

    हिक्मत बहादुरका नाति केरवानीका जमिन्दार भनेर चिनिने महेन्द्र बहादुर ७९ बर्षका भए र हाल उनी काठमाण्डौमा बसोबास गर्ने भएकोले मेलाको इतिहासको सन्दर्भमा थप जानकारी लिन सकेनौं, यद्यपि महेन्द्र बहादुरलाई नजिक बाट चिन्ने स्थानियहरु महेन्द्र बहादुरले बर्षौ देखि मेला लाग्ने बताउने गरेको बताउँछन् । यसरि हेर्दा पनि मेला ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ। 

    भवानीपुरमा २०६८ सालमा उत्खनन गर्दा मायादेवीको दरबार संग सम्बन्धित अवशेष भेटिएको र उक्त उत्खनन गरिएको क्षेत्रलाई संरक्षण गरेर राखिएको छ। मेला कहिले देखि सुरु भयो मेला सम्बन्धि वास्तविक इतिहास खोज्न अध्ययन,अनुसन्धान हुनु जरुरि छ। 


    विस २०१३ सालमा महेन्द्र बहादुरका बुवा किस्मत बहादुर मुनाङ्कमीले बनाएको मन्दिर 

    No description available.

     

    मेलाको विशेषता 

    मेलामा विशेष गरि मिठाईका परिकारहरुको मूख्य आकर्षण रहने गर्छ। स्थानीय तथा छिमेकी जिल्ला नवलपरासी र पाल्पा बाट समेत मेला भर्न सयौं भक्तजन मन्दिर परिसरमा आउने गर्छन। मेलालाई बिशेष बनाउन सांस्कृतिक कार्यक्रमहरु समेत हुने गर्छ। यस अघि ड्रिम देवदहले मेलाको अवसर पारेर गौतम बुद्द,मायादेवी र देवदहका ऐतिहासिक स्थलहरुलई समेटेर फोटो प्रदर्शनी गरेको थियो। 

    रुपन्देही, नवलपरासी,कपिलबस्तु र भारत समेत बाट गरि ५ सय भन्दा बढी मिठाईका स्टलहरु, बिभिन्न जातिय परिकारका स्टलसंगै दैनिक उपभोग्य सामाग्रीको स्टल समेत रहने छ। 

    यस बर्ष के-के हुँदैछ ?

    यस वर्ष मेलाको अवसर पारेर स्थानीय संस्कृति झल्काउने विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति, स्थानीय गायन तथा नृत्यका आइडलका साथै अतिथि कलाकारहरुको प्रस्तुति, स्थानीय साङ्गितिक ब्याण्डको प्रस्तुति, स्वदेश तथा छिमेकी मुलुकका व्यावसायिक स्टलहरुको प्रदर्शनी हुँदैछ ।

    साथै विभिन्न संघ संस्थाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर,प्राथमिक उपचार मेला भर्न आउने भक्तजनलाई निशुल्क पानीको व्यवस्था समेत गरिएको छ। 

     

    May be an image of text

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij