मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

धुलाम्मे सडकले सास्ती

धुलाम्मे सडकले सास्ती

images
  • 634
    SHARES

  • images
    images
    images
    धुलाम्मे सडकले सास्ती
    images
    images
    images

    देवदह । हाल पूर्व पश्चिम् राजमार्ग अन्तर्गत बुटवल -नारायणगढ सडक खण्ड विस्तार र स्तरोन्नतिको काम भइरहेको छ ।नेपालकै प्रमुख राजमार्ग पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक फराकिला बनाउने काम थालिएको लामो समयसम्म पनि निर्माण कार्य नसकिँदा झण्डै ४ वर्षयता यहाँका सडक धुलाम्मे बनेका छन् । सडकमा उडेको धुलोले सवारी साधन प्रयोगकर्तादेखि सडकयात्रु र छेउछाउमा बसोबास गर्नेहरूलाई समेत सास्ती भएको छ ।

     

    images
    images
    images

    No description available.

     

    बुटवल देखि नारायणगढ- सडक खण्डका बजार क्षेत्र धुलोका कारण विशेष गरि प्रभावित भएका छन् ।दुम्किबास, गैंडाकोट, कावासोती, बर्दघाट, सुनवल, खैरेनी क्षेत्रका व्यावसायीले धुलोका कारण व्यावसाय समेत प्रभावित भएको गुनासो गरेका छन् ।देवदह क्षेत्रका मुख्य राजमार्ग र यहाँका अधिकांश भित्री सडक अहिले धुलाम्मे र जिर्ण अवस्थामा छन्। 

    सडक विस्तार कार्य सुस्तगतीमा हुँदा देवदह क्षेत्रका सर्वसाधारण आजित भएका छन् । दैनिक रुपमा बुटवल ओहोरदोहोर गर्नुपर्ने, सडकमा डाइभर्सन पनि धेरै भएको कारणले बजार क्षेत्रमा नियमित रुपमा पानी नहाल्दा सडक धुलाम्मे हुने गरेको छ । सडकको धुलो कोठासम्मै पुगेको र परिवारका सदस्यहरू बिरामी पर्न थालेको स्थानीयको गुनासो छ ।

    सडकको धुलोले सास्ती दिएपछि पानी छर्किदिन र समयमै निर्माण सम्पन्न गर्न सडक बिभाग र सरोकारवाला निकायलाई बारम्बार ताकेता गर्ने गरेको तर केही दिन पानी हाले जस्तो गरेपनि धुलो बाट मुक्ति भने पाउन नसकिएको स्थानीयले बताए ।सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले दिनहुँ पानी हालेर धुलोमुक्त गर्नुपर्नेमा त्यसो नगरेको स्थानीयको गुनासो छ ।

     

    No description available.

    सडकमा उड्ने धुलोका कारण सबैभन्दा बढी पैदल यात्रुहरूले सास्ती खेप्नु परेको छ । व्यावसायी पनि उत्तिकै मर्कामा परेका छन् ।कोरोना संक्रमण र बैंकको व्याजदर वृद्धिले धरासायी भएका व्यावसायी धुलोको कारण व्यापार न्यून हुँदा थप मर्कामा परेका छन् । अत्याधिक धुलोका कारण सडक खण्डमा पनि दिउँसै सडक अन्धकार देखिने गरेको छ ।

    मुख्य राजमार्ग र विभिन्न भित्री सडकमा धुलोका कारण सर्वसाधारण हैरान भएका छन्। राजमार्गसहित अन्य भित्री सडकहरूमा अहिले असाध्य धुलो उड्ने गरेको छ। जसले गर्दा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ भने धुलोकै कारण सर्वसाधारणलाई श्वास प्रस्वास सम्बन्धि समस्या देखिन थालेको छ। 

    बुटवल- नारायणगढ सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको थियाे । तर, ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशतमात्रै काम भएको छ । निश्चित समयमा सडक निर्माणको काम सम्पन्न नभए पछी म्याद थप गरिएको छ। थपिएको म्याद अनुसार सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०२४ अगस्टमा काम सकिसक्नुपर्ने देखिन्छ । 

    ११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टा लाग्ने भएकाले सवारी चालक र सेवाग्राहीलाई निकै सकस छ । निर्माण सुरु भएको यति लामो समयसम्म पनि कामले गति लिन नसक्दा सबैलाई हैरानी पारेको छ । जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन नसकेको गुनासो सर्वसाधारणको रहेको छ ।

    सडक छेउछाउका घरहरू धुलोले ढाक्ने गरेका छन्। सर्वसाधारणलाई पैदल हिड्न, व्यावसायीलाई पसल खोल्न समस्या देखिएको छ।सरोकारवाला निकायले यथासिघ्र यस समस्यालाई ध्यान दिई समाधान गर्नु जरुरि छ। लुम्बिनी पानाको रिपोर्ट 

     

    देवदह भवानीपुर मेला 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij