देवदह। लुम्बिनी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने नीति बनाएको सभामुख तुलाराम घर्ति मगर 'बसन्त'ले बताएका छन्। शनिबार निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले देवदह - ८ मा संचालनमा ल्याएको कृषि उपज संकलन तथा सेवा केन्द्रको समुद्घाटन गर्दै सभामुख घर्तिमगरले नक्कली फाइल बनाएर अनुदान खाने किसानले देश कब्जा गर्दा वास्तविक किसान मर्कामा परेको बताउदैं वास्तविक किसन सम्म सरकारी अनुदान पुगोस भन्ने हेतुले सहकारी मार्फत अनुदान दिने नीति ल्याएको बताए ।
सोहि कार्यक्रममा बोल्दै सभामुख घर्ति मगरले भनाईमा एकरुपता काम गराई बहुरुपी भएर देश पछाडी परेको बताए । उत्पादन डर घट्नु र खर्चमा व्यापक बृद्दी हुँदा देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै उत्पादनमा जोड दिन आग्रह गरे ।
३ महिना भित्र कोशेली घर संचालनमा ल्याउछौं : नगर प्रमुख धुब्र प्रसाद खरेल
कृषि उपज संकलन तथा सेवा केन्द्रको समुद्घाटन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले ३ महिना भित्र कोशेली घर संचालनमा ल्याउने बताएका छन्। देवदहमा उत्पादित कृषिजन्य वस्तुहरुको भण्डारण र बिक्रि बितरणको प्रयोजनका लागि निर्माण गरिएको कोशेली घरको संचालन पछि कृषकहरुलाई थप सहज हुने नगर प्रमुख खरेलले उल्लेख गरेका छन्।
देवदह क्षेत्र कृषिको लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै नगर प्रमुख खरेलले नगरपालिकाले कृषीलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए। किसानको गोठमै पुगेर अवलोकन गर्ने देखि लिएर पछिल्लो पटक घाँस काट्ने मेसिन र बयर बोका किसानलाई वितरण गरिएको नगर प्रमुख खरेलको भनाई थियो।
देवदहलाई कृषि पकेटक्षेत्रको रुपमा बिभाजन गरि किसानलाई कृषि उत्पादनमा प्रोत्साहित गर्न नगरपालिकाले योजना बनाएको र काम समेत गरिरहेकोले आम नगरवासीलाई समृद्द देवदह बनाउन सबै मिलेर लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा कृषि विकास निर्देशनालयका लुम्बिनी प्रदेश निर्देशक राम प्रसाद पाण्डे, जिल्ला सहकारी संघको संचालक समिती सदस्य प्रमोद खनाल, वडा नम्बर ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे लगायतले बोल्दै कुनै बेलाको कृषि प्रधान देश नेपाल हाल नाम मात्रको कृषि प्रधान देश भएको र पछिल्लो समय डरलाग्दो ढंगले युवा शक्ति वैदेशिक रोजगारमा पलायन भएकोले बैदेशिक रोजगारलाई न्यूनीकरण गरि स्वदेशमै रोजगार नीति ल्याउन आग्रह गरे।
कार्यक्रम संस्थाका अध्यक्ष मोतिलाल ढकालको अध्यक्षता, उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र सचिब शुभचन्द्र भुसालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij