देवदह। रुपन्देहीको देवदहमा १० औं शिव साधना सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। श्री मदन बाबा भक्ति केन्द्रको आयोजनामा बैशाख १६ गते देखि देवदह -५ मा हुने १० औं शिव साधना सम्पर्क कार्यालयको देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले उद्घाटन गर्नुभएको हो।
कार्यालयको उद्घ्ताना गर्दै नगर प्रमुख खरेलले देवदहमा हुन् लागेको शिव साधना कार्यक्रमको सफलताको शुभकमना दिनुभयो। देवदह आफैमा धार्मिक र आध्यात्मिक नगरी भएको र देशभर बाट शिव साधनाका लागि भक्तजन उपस्थिति हुनु आफैमा गौरवको कुरा रहेको र यो कार्यक्रमले देवदहको आन्तरिक पर्यटनलाई समेत फाइदा पग्ने विश्वास नगर प्रमुख खरेलले व्यक्त गर्नुभयो।

साथै शिव साधना कार्यक्रमका लागि आउने भक्तजनका लागि,खाद्यान्न,आवास र सुरक्षा व्यवस्थापनका लागि नगरपालिकाले सहजीकरण र सहयोग गर्ने नगर प्रमुख खरेलले प्रतिबद्दता व्यक्त गर्नुभयो।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका बरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकालले शिव साधना कार्यक्रममा
देशभर बाट ५ सय भन्दा बढी भक्तजन साधनाका लागि आउने बताउनुभयो। आध्यात्मिक, धार्मिक नगरी देवदहमा शिव साधना कार्यक्रम हुँदा यहाँको पर्यटन र प्रचारप्रसारमा सहयोग पुग्ने उपाध्यक्ष ढकालको भनाई थियो।

श्री मदन बाबा भक्ति केन्द्र देवदह नवलपरासीको आयोजनामा बैशाख १६ देखि २१ गते सम्म देवदह -५ को कोलिय पार्कमा शिव साधना कार्यक्रम हुने संस्थाका अध्यक्ष दुर्गा बश्यालले जानकारी दिनुभयो ।शिविरको सातौँ दिन देवदहको लौकेश्वर मन्दिरमा सवा करोड दिप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको समेत अध्यक्ष बश्यालले बताउनुभयो।

उद्घाटन कार्यक्रम उमा ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij