देवदह। नयाँ वर्षको आगमन संगै देवदह -६ मा अवस्थित गौतम बुद्द राष्ट्रिय उद्यानमा पर्यटकको घुइंचो लागेको छ।नयाँ वर्षको पहिलो दिन आज १० हजार भन्दा बढीले पार्कको अवलोकन गरेको उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताउनुभयो।
पर्यटकको भिडको कारण टिकट व्यवस्थापनमा समेत केहि समय समस्या देखिएको थियो। नयाँ वर्षको अवसर पारि रुपन्देही, नवलपरासी र पाल्पा बाहेक अन्य बाहिरि जिल्ला बाट आएका पर्यटकले उद्यानको अवलोकन गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो।
गौतम बुद्द राष्ट्रिय उद्यान पछिल्लो समय आन्तरिक पर्यटकको उत्तम गन्तब्य बनेको छ। बुद्ध सामुदायिक वनको करिब ८ हेक्टर क्षेत्रफलमा उक्त उद्यान रहेको छ । १० वर्षे गुरुयोजना बनाएर करिब १ करोडको अनुमानित लागतमा निर्माण उद्यानको निर्माण कार्य सुरुवात गरिएको थियो।
उद्यानमा देशभरका कलाकारले बनाएको काठका बुद्ध सम्बन्धी मुर्ति, बाच्चाहरुलाई चिल्डेन गार्डेन, झरना, फुलबारी र पिकनिक पार्क, सेल्फी ब्रिज लगायतका संरचना दर्शकको रोजाई बन्ने गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij