मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

४ बुंदे माग राख्दै वैज्ञानिक महाबिर पुन रातभर सडकमा

४ बुंदे माग राख्दै वैज्ञानिक महाबिर पुन रातभर सडकमा

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    ४ बुंदे माग राख्दै वैज्ञानिक महाबिर पुन रातभर सडकमा
    images
    images
    images

    काठमाण्डौ। बिभिन्न ४ बुंदे माग राख्दै  युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन माइतीघर मण्डलाको सडकमा रातभर सुतेका छन्। 

    नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका युवा वैज्ञानिक पुनले नव प्रबर्दन केन्द्रको लागि विकस बजेटको १ प्रतिशत रकम बिनियोजन गरि कोष बनाउनुपर्ने,विकास कोष खर्च खर्चका लागि ऎन बनाउनुपर्ने, आविष्कार भएको चिजलाई संचलन, दर्ता लागि कार्यविधि बनाउनुपर्ने, अनुसन्धान, नव प्रबर्दन सुनुवाई तथा प्रोत्साहनका लागि सरकारी निकायले छुट्टै बिभाग बनाउनुपर्ने लगायतको माग राख्दै बैज्ञानिक पुन आन्दोलनमा उत्रिएका हुन्। 

    images
    images
    images

    युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा २०७६ को कार्तिक १ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको थियो । जनस्तर र विदेशीको सहयोगमा करिव आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको थियो। 

    सरकार नव प्रबर्दन र आविष्कारको क्षेत्रमा लचिलो हुन नसकेको कारण आन्दोलनमा उत्रिएको बताउंदै पुनले माग पुरा नभए सम्म सडकमै बस्ने, सडकमा खाने र रातभर सडकमा बस्ने र सडकमै सुत्ने बताए। युवा वैज्ञानिक पुले सुरुवात गरेको आन्दोलनमा युवाहरुले एक्यबद्दता जनाएका छन् र पुन संगै सडकमा सहभागिता जनाएका छन्। 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij