मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा २५६७ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरेर मनाइँदै

देवदहमा २५६७ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरेर मनाइँदै

images
  • 363
    SHARES

  • images
    images
    images
    देवदहमा २५६७ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरेर मनाइँदै
    images
    images
    images

    देवदह। वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६७ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । बुद्द जयन्तिको अवसरमा देवदह नगरपालिकाले पनि विविध कार्यक्रम गरि मनाउने भएको छ। देवदह महामानव गौतम बुद्दको मावली स्थल भएको कारण लुम्बिनी, गौतम बुद्द र देवदहको विशेष सम्बन्ध रहेको छ। सोहि सन्दर्भमा देवदह नगरपालिकाले पनि बिभिन्न कार्यक्रम गरि ३ दिन सम्म बुद्द जयन्ति मनाउने तालिका सार्वजनिक गरेको छ। 

    बैशाख १९ गते बिहान बुद्द संग सम्बन्धित सम्पूर्ण स्थानहरुमा सरसफाई कार्यक्रम गरि सौन्दर्यकरण गर्ने, दिउँसो १ बजे कन्यामाई मन्दिरमा विशेष समारोह, देवदह सूक्त सम्बन्धि प्रवचन, ''बुद्द र चण्डारिका' नाटक प्रदर्शन तथा शुभकामना आदानप्रदान, बैशाख २० गते १० बजे बुद्द संग सम्बन्धित स्थान, सम्पूर्ण विद्यालय, नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा पंचशील झण्डा फहराउने, त्यस्तै बैशाख २१ गते सम्पूर्ण विद्यालयहरुमा बुद्द संग सम्बन्धित विषयमा विविध कार्यक्रम तथा प्रतियोगिता संचालन गर्ने , सोहि दिन साझं ६ बजे भवानीपुर बैरिमाई, कन्यामाई मन्दिर, मायादेवी पार्क, बुद्द संग सम्बन्धित स्थानहरु र नगर तथा वडा कार्यालयमा शान्तिदीप प्रज्वलन गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको छ। 

    images
    images
    images

    त्यस्तै बैशाख २२ गते बुद्द जयन्तिको दिन बेलुका ६ बजे सम्पूर्ण नागरिकहरुलाई आ-आफ्नो घरमा दीप प्रज्वलन गरि विश्व शान्तिको कामना गर्दै बुद्द जयन्ति मनाउना देवदह नगरपालिकाले आग्रह गरेको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij