लुम्बिनी पाना। अनलाइन ग्रुप मगर संसार फ़ोटो ग्यालरीले १ सय ५० औं सहयोग हस्तानतरण गरेको छ। रुपन्देही जिल्ला तिलोत्तमा ७ निवासी मृगौला पीडित तुलसी दर्लामी मगरको उपचारको लागि संकलित सहयोग रकम रु.३४,३०० रुपैंया हस्तांतरण गरिएको हो।
सहयोग रकम मगर संसारका एडमीन जस्मिन मगर, सिजन मगर, नेपाल मगर संघ देवदह नगर समितिको कार्य वाहक उपाध्यक्ष किसन बहादुर थापा मगर , कोषाध्यक्ष मिलन मास्की राना मगर,नेपाल मगर संघ देवदह ८ का अध्यक्ष गंग ब.थापा मगर र दर्पण पोस्टका पत्रकार मिन राना मगरको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो.!
मगर संसार ले २०७५ साल देखी आर्थिक अवस्था कमजोर भएका बिरामिलाई सहयोग गर्दै आएको र आजसम्म करोडौँ रकम हस्तांतरण गरी सकेको अध्यक्ष/ अभियन्ता अनिल लामिछाने मगरले बताउनु भयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij