मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै

आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै

images
  • 329
    SHARES

  • images
    images
    images
    आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै
    images
    images
    images

    लुम्बिनी पाना। 
    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

    नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५ सय ६७ वर्ष अघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षका उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ ।

    images
    images
    images

    “सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय उल्लेख छ। 

    राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि (प्रज्ञा, शील र समाधि) पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।

    यस वर्ष २५६७ औँ बुद्ध जयन्तीमा बुद्द जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम हुदैंछ।  बुद्द जयन्तिको अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातु सहित प्रभातफेरी एवम शोभायात्रा निकालिन्छ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij